बेलबारी/नेपाली भूमी लिपुलेक,कालापानी र लिम्पुयाधुरालगायतको सिमाना अतिक्रमणको विरोधमा मोरङको बेलबारीमा विरोध प्रर्दशन गरिएको छ ।

लिपुलेक हाम्रो हो, गो व्याक इण्डिया जस्ता नारा लगाउँदै प्रदर्शनमा सहभागी विद्यार्थीहरुले नारावाजी गरेका थिए । पुरानो बेलबारीबाट निस्किएको जुलुस लालभित्तीमा पुगेर बेलबारी चोकमा कोणसभा भएको थियो । बेलबारीवासीको तर्फबाट गरिएको विरोध प्रर्दशनको संयोजन युवा जागरण नेपाल बेलबारीले गरेको थियो ।

कोणसभालाई युवा नेता पारुण क्षेत्री, उद्योग वाणिज्य संघका अध्यक्ष योगेन्द्र सुवेदी, नेपाली काँग्रेसका नगेन्द्र कट्टेल, समाजवादी पार्टीका अमीर मगरले सम्वोधन गरेका थिए । वक्ताहरुले यस्तो परिस्थितिमा सरकार लगायत प्रतिपक्षी सबै दलहरु एकठाउँमा उभिएर प्रतिवाद गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बेलबारीका विद्यालयका विद्यार्थी लगायत विभिन्न संघसंस्थको उपस्थिति रहेको थियो । कोणसभाको अभियानका अध्यक्ष सुजित बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।