इटहरी/ इटहरी–१८ का बी एण्ड जी कृषि फार्मका सञ्चालक राजु बस्नेतमाथि हतियारसहित पुगेको ४ जनाको युवा समूहले आक्रमणको प्रयास गरेको छ । युवाहरूको समूहले मध्यरातमा कट्टी बोकेर आक्रमणको प्रयास गरेको हो ।

‘गत मङ्गलबार कुखुरा र पैसा मागे मैले दिन्न भनेपछि फार्ममा नै गएर हतियारधारी समूहका युवाहरू मध्यराति कट्टी बोकेर आएका रहेछन् । धन्न गाउँलेले मेरो ज्यान बचाए’–उनले भने ।

इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर जितेश दाहालले फार्ममा कट्टी भेटिएको बताए । ‘हामीले फार्मबाट कट्टी बरामद गरेका छौं, किन र कसरी ल्याइयो भन्ने विषयमा भने उनीहरूलाई पक्राउ गरेपछि थाहा हुनेछ’–उनी भन्छन् ।