ताप्लेजुङ / ‘तमोर नदिमा ¥याप्टिङ (जलयात्रा) गर्दा अति नै रमाइलो हुन्छ । कहिले काहीँ डर पनि लाग्छ, यस्तोमा नै रमाउने हो ।’ २४ जनाको विदेशीहरुलाई नेतृत्व गरेर आएका इटालियन नागरिक डेभिडले तमोर नदिमा ¥याप्टिङ गर्नुअघि अग्रेजी लवजमा भने । पछिल्लो समय उनीसहित अल्टिमेट रिभर कम्पनीमार्फत स्पेन, फ्रान्स, इटालीका नागरिकले आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको सिमाना रहेको तमोर दोभानवाट ¥याप्टिङ सुरु गरेका छन् ।
¥याप्टिङको सिजन सुरु भएसँगै यस नदिमा विभिन्न कम्पनीले करिव ५० जना विदेशीलाई ¥याप्टिङ गराएका छन् । दोभानवाट सुरु भएको जलयात्रा कावेली दोभान, माँझीटार, मूलघाट हुँदै ५ दिनमा चतरा पुगेर सकिन्छ । यस जलयात्रा रुटलाई निकै साहसिक रुट मानिन्छ । ‘¥याप्टिङ गर्न विश्वमा भएका कुनै पनि नदिमा यति रमाईलो हुँदैन ।’ अर्का विदेशी नागरिक जोनले भने –‘यहाँको प्राकृतिक सुन्दरताले नै लोभ्याउँछ ।’
६ जना जापानी नागरिकलाई ¥याप्टिङका लागि लिएर आएका ¥याप्टिङ स्टार कम्पनीका ¥याप्टिङ गाईड सुरेसकुमार चौधरीका अनुसार नेपालका ¥याप्टिङ गर्न मिल्ने १६ नदिहरु मध्ये यो नदि निकै अप्ठ्यारो छ । नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये तमोर, कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुणलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुल्ला गरिएको छ । ‘पहिलो दिन तमोर दोभानदेखि कावेलीसम्म निकै जोखिम छ ।’ ¥याप्टिङ गाईड चौधरीले भने–‘तर उनीहरु (पर्यटक) यस्तोमा नै ¥याप्टिङ गर्न मन पराउँछन् ।’ तीव्र बहाव र पहाडका खोंचहरूमासमेत निकै साहसपूर्ण रूपमा जलयात्रा गरिन्छ । विदेशीहरू जोखिमपूर्ण क्षेत्रमा ¥याप्टिङ गर्न रुचाउने भए पनि नेपाली र भारतीयहरू भने जोखिम नभएको ठाउँ रुचाउँने चौधरीले बताए ।

rafting
¥याप्टिङ कम्पनीहरुले प्रतिव्याक्ति १२ सय डलर (करिव १ लाख ९८ हजार रुपैयाँ) मा यस नदिमा ¥याप्टिङ गराउँछन् । ¥याप्टिङका लागि उत्कृष्ठ गन्तव्य बन्न सक्ने सम्भावना भएको यहाँ प्रचारको नै अभाव भएको उनको बुझाई छ । विदेशी पर्यटकहरु जलयात्राका लागि ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगमस्थल तथा गुराँसको राजधानी तिनजुरे मिल्के जलजले हुँदै पदयात्रा मार्फत तमोर दोभान आउने गरेका छन् । पदयात्राका क्रममा विभिन्न हिमश्रृङ्खला, हिमाली घाँसे मैदान लगायतको समेत दृश्यावलोकन गर्न सकिने भएकाले तमोरमा ¥याप्टिङको लागि विदेशी आउने गरेको पर्यटन व्यावसायीहरु बताउँछन् ।
यसका लागि अझै धेरै प्रचार प्रसार आवश्यक रहेको ¥याप्टिङ स्टारका चौधरीले बताए । यस सिजनमा पहिलोपटक गत कात्तिक ५ गते ५ जना विदेशीले ¥याप्टिङ गरेका थिए । त्यसपछि लगातार कात्तिक ११ गते ४ जना, १६ गते ८ जना, २७ गते ३० जना विदेशीले ¥याप्टिङ गरेको ईलाका प्रहरी कार्यालय दोभानका प्रमुख प्रहरी निरिक्षक विनोद निरौलाले जानकारी दिए । तमोर नदिमा अझै धेरै विदेशी पर्यटक भित्राउन यहाँसम्म आउने पदमार्ग मर्मत, फोहोर व्यवस्थापन तथा प्रचारप्रसारमा ध्यान दिनुपर्ने पर्यटन व्यावसायीहरुको भनाई छ । rafting3