कालाबन्जर/ चौथो वराहाक्षेत्र प्याव्सनको खेलकुद महाकुम्भ शनिबारको फुटबल फाइनल खेलसँगै सम्पन्न भएको छ । फुटबल सहित चार स्वर्ण जित्दै सिद्धार्थ मेमोरियल इङ्लिस स्कुल वराहाक्षेत्र –५, कालाबञ्जरले पदक तालिकामा शीर्षस्थानमा रहेको छ ।

एभरेष्ट फुटबल क्लबको मैदान वराहाक्षेत्र –३, नडाहामा सम्पन्न माध्यमिक तहको फाइनल खेलमा साविक विजेता जय सप्तकोशी एकेडेमी प्रकाशपुरलाई ३–१ को गोल अन्तरले पराजित गर्दै सिद्धार्थ मेमोरियल इङ्लिस स्कुल वराहाक्षेत्र –५, कालाबञ्जरले उपाधी जितेको हो ।

खेलको पहिलो हापको २६ औं मिनेटमा सिद्धार्थका जर्सी नम्बर ८ का अजय चौधरीले फ्रिकिकमा सिधै गोल पोष्टको जाली चुमाएपछि सिद्धार्थले अग्रता लियो । सिद्धार्थ त्यतीमा मात्र रोकिएन । खेलको ३० औं मिनेटमा जर्सी नम्बर १५ का राकेश बस्नेतले अर्को सुन्दर गोल थप्दै टिमलाई २–१ को अवस्थामा पुर्याए ।

दोश्रो हापमा भने जय सप्तकोशी एकेडेमी खेलमा फर्कने कोशिस गर्यो । दोश्रो हापमा अथवा खेलको ४६ औं मिनेटमा पुजन उरावले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए । तर खेलको ५३ औं मिनेटमा सिद्धार्थका सब्स्च्युट खेलाडी जर्सी नम्बर १० का दिपेश चौधरीले अर्को आकर्षक गोल थप्दै टिमको जित सुनिश्चित बनाए । र प्याब्सन कप फुटबलको उपाधी सिद्धार्थले जित्न सफल भयो । खेलको म्यान अफ द म्याच सिद्धार्थका जर्सी नम्बर १४ का सौरभ धामी बने ।

यसअघि शनिबारै भएको आधारभूत तर्फको फाइनल खेलमा सप्तकोशी विद्या मन्दिर देवीघाट बिजय भयो । पिसफुल एकेडेमी लाई १–० ले पराजित गर्दै सप्तकोशीले उपाधी जितेको हो । उसको जीतमा पहिलो हापको दशौं मिनेटमा जर्सी नम्बर ११ का कुशल घिमिरेले गोल गर्दै आफ्नो स्कुललाई उपाधी दिलाए । खलको म्यान अफ द म्याच गोलकर्ता कुशल नै बने ।

सिद्धार्थले फुटबलसँगै लङजम्प (अजय चौधरी), सटपुट छात्रा तर्फ (करुणा थापा) आधारभूत तर्फको दौड (मनिष चौधरी) स्वर्ण पदक जित्दै शीर्षस्थानमा रह्यो ।

माध्यमिक तहतर्फको फुटबलमा बेस्ट हाइस्कोर भरौल बाल मन्दिरका रितेस लिम्बु र जय सप्तकोसी इङलिसका पुजन उराँव, उत्कृष्ट गोलरक्षक सिद्धार्थका आकाश कटुवाल बेस्ट डिफेन्स जय सप्तकोसीका सन्देश दाहाल, बेस्ट मिडफिल्डर तथा प्लयेर अफ द सिरिज सिद्धार्थका अजय चौधरी, बेस्ट फर्वाड जय सप्तकोसीका मनिष राई, र वेस्ट कोचको उपाधी पनि सिद्धार्थकै पोल्टामा पर्यो ।

आधारभूत तर्फ व्यक्तिगत विधाहरूमा हाइ स्कोरमा सप्तकोसीका अस्मित मगर, बेस्ट गोलरक्षक सप्तकोसीका पुकार कार्की, बेस्ट डिफेन्स पिसफुलका प्रसन राई, बेस्ट मिड फिल्डर आयोग तामाङ, बेस्ट फर्वाड सप्तकोसीका कुसल घिमिरे, प्लयेर अफ द सिरिज सप्तकोसीका अस्मित मगर र बेस्ट कोच सप्तकोसीका अमर मगर घोषित भए ।

माध्यमिक तथा आधारभुत तहको फुटबलमा उपाधि चुम्ने सिद्धार्थ मेमोरियल इङलिस स्कुल र सप्तकोशी विद्या मन्दिरले समान १५ हजार रुपैयाँसहित २० तोला चाँदीको ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता जय सप्तकोसी र पिसफुल एकेडेमीले १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा बराहक्षेत्र प्याब्सन नगर अध्यक्ष कृष्ण तामाङको सभापतित्व, बराहक्षेत्र नगरपालिका उपप्रमुख कमला मगरको प्रमुख आतिथ्यता, खेलकुद संघका जिल्ला महासचिव भेषराज कार्की, बराहक्षेत्र वडा नम्बर ३ वडा अध्यक्ष रुद्र दाहाल, नगर शिक्षा शाखा प्रमुख उपसचिव डिल्लीराम अधिकारी, बराहक्षेत्र प्याब्सन सल्लाहकार संयोजक मोहन भट्टराई, विभिन्न राजनीतिकर्मी, समाजसेवीलगायतको आतिथ्यता रहेको थियो ।

khel1 khel2