समयले मानिसलाई अवसर र चुनाैतीहरूमा परीक्षण गर्छ क्षमताकाे । कतिपय अवसर वैयक्तिक आकांक्षा र समूहबलबाट मात्र सार्थक उपयाेगमा आउँछन् । मानिसलाई मात्र हाेइन, यस्ता विशेष अवस्थाहरू ठाउँविशेषका लागि पनि झुल्किन्छन् । हामी धरान नगरलाई यस सन्दर्भमा हेर्न सक्छाैं । वर्षाैंदेखि एउटै विचारकाे नेतृत्वलाई धरानले आत्मसात् गरेकाे छ । यस अर्थमा व्यक्तिविशेष त प्रतिनिधि पात्र मात्र हुन्, मूल पक्ष नीतिगत र सैद्धान्तिक अास्थाकाे निरन्तरकाे सफलता तथा समयकाे परीक्षण र कसीमा हरपलकाे अब्बलताकाे प्रमाण नै मान्नुपर्छ । सन्दर्भ धरानकाे स्थानीय उपनिर्वाचनकै हाे र हाे, नेकपाकाे दशकाैंदेखिकाे नगर-नेतृत्वकाे सफल यात्राकाे परम्परा ।

धरानमा अविच्छिन्न बामनेतृत्व 

पञ्चायती कालमा पनि जनपक्षीय नेताका रूपमा कम्युनिष्ट प्रतिनिधिहरूकै नेतृत्व देखिन्छ भने ०४६ सालपछिकाे बहुदलीय शासनव्यवस्थामा त अविच्छिन्न बामनेतृत्व धरानकाे परम्परा नै बनेकाे हाे । ०६२/०६३ काे लाेकतान्त्रिक-गणतान्त्रिक जनआन्दाेलनपश्चात् राजनैतिक सङ्क्रमणकाे अन्त्य गर्दै संघीय गणतन्त्रकाे प्रथम मेयरका रूपमा युवा नेता तारा सुब्बाकाे नेतृत्वमा नयाँ सपना र गतिका साथ अघि बढेकाे धरानकाे समृद्धिकाे यात्रामा मेयर सुब्बाकाे असामयिक दु:खद निधनबाट नेकपा र धरानबासीलाई नै स्तब्ध बनायाे ।

घाम बाेकेर काँधमा घामकै रापतापले खारिएका प्रकाश राई ताराका अधुरा सपनाका बिरासत बाेकेर धराने जनताका समृद्धिकाे लागि डटेर लाग्ने प्रतिबद्धताका साथ लम्किएका छन् ।

आखिर समयले पर्खँदैन, सही । घाम बाेकेर काँधमा घामकै रापतापले खारिएका प्रकाश राई ताराका अधुरा सपनाका बिरासत बाेकेर धराने जनताका समृद्धिकाे लागि डटेर लाग्ने प्रतिबद्धताका साथ लम्किएका छन् । नेकपाले प्रकाशलाई आगामी मेयरका रूपमा उभ्याएर राजनैतिक निष्ठाकाे सम्मान, जातीय सघनताकाे कदर तथा इमानकाे इज्जत दिएकाे छ । अबका दिन प्रकाशमा दर्बिला खुट्टामा जुरुक्क उठ्नुपर्छ धरान, मुस्कुराउनुपर्छ धरानेहरू गर्वका साथ । एउटा अनुशासित पार्टी-नेता र इमानदार मित्रका रूपमा धरानकाे समृद्धिका सारथी बन्नेछन् प्रकाश भन्ने विश्वासका साथ प्रत्येक वार्ड र टाेलटाेलमा विश्वासका हातहरू सूर्यमा स्वस्तिक लाउने प्रतीक्षामा छन् ।

लाहुरे बाका कामरेड छाेरा

prakash12 पुर्ख्याैली थलाे भाेजपुरकाे दाँवा बासाला भएका पूर्णबहादुर राई मलायामा बेलायती सैनिककाे रूपमा कार्यरत भएकै समय प्रकाशकाे जन्म भएकाे हाे । नेपाली राजनीतिमा पञ्चायती निरङ्कुशता थाेपरिएकै याममा वि. सं. २०१७ सालमा जन्मिएका प्रकाश राईकाे बाल्यकालका केही वसन्त माेरङकाे बयरवनमा बितेकाे हाे। त्यसपछि धरान घोपा क्याम्पकाे बाल विद्यालयमा प्रारम्भिक अध्ययन गरेर उनले माध्यमिक तहकाे शिक्षा चाहिँ माेरङकाे बाहुनी स्कुलबाट पूरा गरे । उनले लाहुरे बाका छाेरा भएर पनि लाहुरेकाे सहर धरानमा पाइला राख्दै सायद छातीमा फित्ता र हातमा बन्दुक हैन कि छातीमा देश र हातमा प्रतिराेधकाे मुट्ठीसहित शपथ खाए । उनले बालापनदेखि नै धरानकाे न्यानाे माया पाए ।  महेन्द्र बहुमुखी क्याम्पस धरानबाट स्नातकसम्मको अध्ययन पूरा गरेका प्रकाश राई धरान- १८ काे स्थायी बासिन्दाका रूपमा धरानकाे भाैतिक परिवर्तनका पुराना साक्षी बनिरहेका सचेत अगुवा नागरिक हुन् । ०५५ सालमा बैवाहिक जीवनकाे यात्रा प्रारम्भ गरेका प्रकाश राजनीतिमा जस्तै व्यावहारिक जीवनमा पनि इमान र निष्ठाका पर्याय बनेका छन् । राजनीति स्वयंमा सेवाकर्म बन्नुपर्छ भन्ने आदर्श प्रकाशकाे सुन्दर पक्ष हाे ।
सामाजिक सेवाकाे दायित्वमा नेपाल रेडक्रस सोसाईटी सुनसरी, नेपाल शान्ति तथा ऐक्यवद्धता प्रवर्द्धन समितिका  सदस्यसमेत छन् उनी ।  उनी घोपा निमावि धरान १७, ज्ञानोदय मावि धरान ११, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेका राई किरात राई यायोक्खाको सुनसरी जिल्ला समिति सल्लाहकारसमेत हुन् । खानका लागि बाँचेकाहरूकाे जमातमा समाजसेवा गरेर बाँच्नकै निम्ति मात्र खाने "इसारा"जस्ता पार्टी नेताहरू कति हाेलान् नि प्रकाश कमरेड !

ताराकाे सपना र प्रकाशकाे बिपना

कुनै समय जनसहभागितामा अाधारित विकासनिर्माणकाे प्रशंसनीय क्षेत्रका रूपमा स्थापित धरानकाे सडकसञ्जाल, खानेपानीकाे पर्याप्त अापूर्तिका लागि एडीबी परियाेजना, व्यवस्थित बसपार्क, एयरपाेर्टलगायतका तात्कालिक र दीर्कालिक याेजनाहरूसहित तत्कालीन मेयर ताराकाे नेतृत्वमा थालिएका अधिकांश विकासनिर्माणका अधुरा कामहरूकाे पूर्णता प्रकाशकाे प्राथमिक छनाेटकाे सर्त हाे । भिजन धरानअन्तर्गत यसअघि नै नेकपाले तय गरेका दीर्घायतिक याेजनाहरूसँगै आवधिक वडागत विकासका पक्षहरूमा अहर्निश खट्ने र बाँकी रहेकाे सीमित समयमा धराने जनताका असीमित सपनाहरू पूरा गर्ने कार्यमा आफूलाई समर्पित बनाउने प्रकाशकाे प्रतिबद्धता हाे ।
करकाे करकर, एडीबीकाे धरमर र बसपार्ककाे अलमलजस्ता असजिला कुइनेटाहरू आफ्नाे नाकनजिकै छन् भन्नेमा प्रकाश सचेत छन् । उनी तारा सुब्बाका साथी मात्र हाेइनन् एउटै आस्थाका छाती पनि हुन् । राईकाे छाेरा हुनु प्रकाशकाे वैयक्तिक पहिचान हाे, बाँकी उनकाे जीवनकाे सम्पूर्ण ऊर्जाकाे खपत एउटा इमानदार र अनुशासित कम्युनिष्ट कार्यकर्ता र नेताकाे रूपमा भएकाले उनी बहुसाँस्कृतिक नगरी धरानका छाेरा हुन् पक्का ।

प्रकाश अर्थात् आस्थाका सतिसाल

हाे, उनी जन्मिँदा नेपाल खुम्चिँदै थियाे अधिकारबाट । एकदलीय तानाशाही शासन र उनी सँगसँगैजसाे जन्मिए, तर जन्मँदैका शत्रु भएर । चेतनाले घर गर्न थालेदेखि नै प्रकाशभित्र निरङ्कुशताविराेधी प्रतिराेधकाे वैचारिक आगाे दन्किएकाे हाे । उनी ०३६ सालकाे विद्यार्थी आन्दाेलनमा १९ वर्षका लक्का जवान थिए । विद्यार्थी सङ्गठनहुँदै उनी तत्कालीन काेकेकाे सम्पर्क र सान्निध्यबाट खारिँदै नेकपा मालेका हाेनहार कार्यकर्ता र नेता बनिसकेका थिए ।
कम्युनिष्ट पार्टीहरूमा र यसकाे नेतृत्मा पनि माैसमी हावाले निक्कै असर पारिरहने नेपाली
परम्परामा प्रकाश र उनकाे वृत्त चाहिँ शिरीषकाे रुख नभएर सतिसालकाे चट्टानी अास्थाकाे अडानमा रहिरह्याे ।
२०४६ सालमा नेकपा (माले) सुनसरी १ नम्बर क्षेत्रीय कमिटी सदस्य राई माले र मार्क्सवादीबीचको एकीकरणपछि नेकपा एमालेमा सक्रिय भए । उनी २०४७ सालदेखि धरान नगर कमिटीको दुई कार्यकाल सदस्य भए । २०५६ सालदेखि नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्यमा निरन्तर १ नम्बर निर्वाचन क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरिसकेका राई अहिले नेपाल कम्युनिष्ट पार्टीमा सुनसरी जिल्ला कमिटी सचिवालय सदस्यका रुपमा उत्तिकै सक्रियताका साथ पार्टीनिर्माण र संगठन सुदृढीकरणमा लागिरहेका देखिन्छन् । उनकाे यही अविचल आस्था र नि:स्वार्थ निष्ठाले आजकाे प्रकाश राईकाे व्यक्तित्व निर्माण भएकाे हाे ।

प्रकाशका सकसहरू

विमल पुस्तकालयका संस्थापक दाजै पूर्णबहादुर गुरुङका अनुसार धरानमा सबै जान्ने मान्छे मात्र बस्छन् । कसैले कसैलाई टेर्दैन, गन्दैन । साँच्चै, के पुस के चैत सधैंभरि एकाबिहानै ताताे चिया र एक दर्जनजति राष्ट्रिय र स्थानीय अखबारहरू बाेकेर पाठकहरूका बाटामा आँखा आछ्याइरहने पूर्ण दाइकाे  याे तीताे अनुभव मार्मिक पनि छ । ज्ञानगुनतिर भन्दा पनि आराम, बखान र जलपानतिर मग्न धरान आफैंदेखि पनि अपरिचित लाग्छ साँझतिर भेट्दा । घाम डुबेपछि फुन नगर्दा हुने महान् बनिरहेका छाैं हामी धरानेहरू । लाहुरेहरूले इमान, समय र लगनशीलताजति बाेकेरै गए सायद हामी अलमल्लमा पाे छाैं कि! नगर सरकारले गरेका राम्रा कुरा र कामकाे पनि आलाेचना नगरे, सत्ताेसराप नगरे दिन जाँदैनजस्ताे नि!
धरान बाठैबाठा मान्छे बस्ने सहरकाे रूपमा चर्चित छ आजभाेलि । यस्ता चाैपट्टै बाठा हामीलाई सम्झाएर, प्वाल परेका कपडा छानीछानी राेजेर लाउने नयाँ पुस्ता र भ्यागुताकाे धार्नी हुने दलहरूलाई धाप मार्दै, मन बुझाएर समृद्धिकाे यात्रामा सँगै काँध मिलाएर अघि बढ्न प्रकाशका लागि असम्भव नभए पनि असहज त पक्कै छ है !

सिटीबसले पनि हर्न बजाउनेछ कान खाने गरी । अव्यवस्थित बसाेबासकाे व्यवस्थापन "सराद्धे गर्नभन्दा सिदा पुर्याउन गाह्राे" जस्तै कठिन तर नगरी नहुने काम काँचै छ । पर्यटन, क्रीडा, साहित्य, कलाजस्ता सयाैं क्षेत्रका काम यति रफ्तारमा सिध्याउनु छ र फेरि धीरताविना भताभुङ्ग हुनेछन् सबै । हाे यिनै सकसका गाँठाहरूले प्रकाशका खुट्टा नकसून् : बस् कामना र साथ हाम्राे ।

दुर्व्यसनी, मान्छे कुटुवा र भेजाहरूकाे सहरबाट बल्लतल्ल कालाे बङ्गुरकाे सहर बन्दै गरेकाे धरानलाई संघीय राज्यले लामाे समयदेखि तिघ्रामा भाटा लाइरहेकै छ । पिएका सुरमा उसले आफैं तिघ्रा ठटाएझैं मान्याे सायद र अधिकाँश सरकारी निकाय र केन्द्रहरू यहाँबाट बसाइँ सार्दासम्म पनि धरान जागेन । एउटा भएकाे बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानेका लागि "बाँदरका हातमा नरिवल" हुन लागेकाे तीताे यथार्थ छ ।
खानेपानीकाे परियाेजना अधुराे छ, विजयपुरकाे खाल्डाे पनि अधुरै छ । जातीय सम्पदाविनाशकाे आराेप लागेका प्रिय नेता ताराकाे जिउँदैमा काजक्रिया गरेर मनाेवैज्ञानिक त्राशदीकाे चुप्पीले मुटुमै धस्काउने  आफन्तहरूलाई धराने जनताले पानी पिऊन् वा मरून् मतलब छैन, झगडाका लागि मुख र हात उध्याएर पर्खिरहेका हुनन् । परियाेजनाभित्रै पनि कताकति व्याकरण बिग्रेकाे हाेला । बसपार्क तमासा बनिरहेकै छ दुनियाँका लागि वर्षाैंदेखि । हाल थालिएकाे व्यवस्थित बसपार्ककाे पनि न्वारानभन्दा पहिले व्रतबन्ध गरेकाे आराेप छँदैछ । धरानेकाे चीलगाडीकाे सपनाले प्रकाशकाे पनि निद्रा उडाउला कि! मनाेजमार्का सडकहरू बूढा भइसक्न लागेका छन् । कलिला सयाैं बाटाहरूले प्रकाशलाई ६० लाखकाे चिल्ला गाडीबाट उतार्न खाेज्नेछन् पक्कै । विष्णुपादुका र पूर्वाेत्तर धरान-पहाडलाई छाताचाेक-भानुचाेकसँग मितेरी साइनाे लाउन पनि निक्कै गाह्राे छ । सिटीबसले पनि हर्न बजाउनेछ कान खाने गरी । अव्यवस्थित बसाेबासकाे व्यवस्थापन "सराद्धे गर्नभन्दा सिदा पुर्याउन गाह्राे" जस्तै कठिन तर नगरी नहुने काम काँचै छ । पर्यटन, क्रीडा, साहित्य, कलाजस्ता सयाैं क्षेत्रका काम यति रफ्तारमा सिध्याउनु छ र फेरि धीरताविना भताभुङ्ग हुनेछन् सबै । हाे यिनै सकसका गाँठाहरूले प्रकाशका खुट्टा नकसून् : बस् कामना र साथ हाम्राे ।

नेकपाकाे बिरासत : प्रकाशले झलल

prakash raiघ 2

तारा र प्रकाशहरू त प्रतिनिधि पाे त, धरान आखिर कम्युनिष्ट आदर्श र कम्युनिष्ट व्यवस्थापनले सयाैं वर्ष समृद्ध बनेर मुस्कुराउने विश्वास हाे जनतामा छाएकाे याे उत्साह ।

अबकाे समय सूचना र प्रविधिमैत्री छ । प्रकाशजी, तारा अब हामीबाट टाढा पुगे, तर उनकाे आस्थाकाे चमक हामीसँगै छ, तपाइँसँग छ । पार्टी तपाइँकाे आदर्शकाे अडेस छँदैछ, । नेता नीति र नेतृत्वकाे प्रतिरूप न हाे । विधिसम्मत कर्म र सर्वसम्मत निर्णय, निर्णयकाे कठाेर परिपालन, बस् यत्ति कुरा अपरिहार्य । भ्रष्टाचारमाथि चरम दमन र सुशासनलाई प्राेत्साहन नेकपाकाे दशकाैं वर्षकाे यात्राकाे सम्बल बन्नेछ । राजनीतिलाई व्यावसाय हैन, सेवाका रूपमा रूपान्तरण गर्नुछ अब हामीले । नेकपाकाे दायित्व मेयरका रूपमा यहाँमार्फत् धराने जनताकाे समग्र उन्नतिका सूचकहरूकाे सन्दृष्टि नै हाे । भ्रष्टाचारकाे गन्ध सुगन्ध नबनाेस्, जनताका आसुले पाेल्छ भन्ने भावना यहाँ र यहाँकाे नेतृत्वकाे नगरसरकारकाे मन्त्र बनाेस् । विजयकाे सुनिश्चितताकाे कारण यहाँप्रतिकाे थप जनविश्वास यसपटकजस्तै बन्नेछ आगामी दिनमा पनि । तारा र प्रकाशहरू त प्रतिनिधि पाे त, धरान आखिर कम्युनिष्ट आदर्श र कम्युनिष्ट व्यवस्थापनले सयाैं वर्ष समृद्ध बनेर मुस्कुराउने विश्वास हाे जनतामा छाएकाे याे उत्साह ।

सूर्यकाे प्रकाश : प्रकाशकाे साैर्य

अन्त्यमा, धराने जनताले सूर्यकाे न्यानाेपन बिर्सेका छैनन् । तारा भएर पनि उज्यालाे प्रकाशकै निम्ति चम्कियाे धरान र अब प्रकाशकाे उज्यालाे दीप्ति हरमुहारमा छाउने छ । प्रकाशकाे उपनामजस्तै उत्साही र सफल कर्मक्षेत्रतिरकाे "इसारा" मात्र हाे याे । फलामका च्युरा चपाएर ४१ वर्ष राजनैतिक जीवनका आराेह अवराेहले खारिएकाे व्यक्तित्वमाथिकाे भराेसा हाे अवश्य ।
नेकपाकाे समृद्धिका याेजनाहरू काँधमा बाेकेर प्रकाश स्वयं तय गरिरहेछ यात्रा, बस् हामी अग्रीम बधाई भन्छाैं ।