वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ घर भएकी २१ वर्षया महिला जमुनी परियारले सलको पासो लगाई आत्महत्या गरेकी छिन् ।

वडाको चतरास्थित गैरीगाउँमा घर भएकी परियारले शुक्रवार, आफ्नो आफु सुत्ने कोठामा सलको पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय चतराका प्रहरी सई घनश्याम रायले जानकारी दिए ।

विहान करिव साढे नौ वजे सुचना पाएर, गएको प्रहरीले लाशको मुचुल्का गरिएको भन्दै, मृतकले आत्महत्या गर्नुको कारण खुल्न नसेकेको, श्रीमान गोपाल परियारलाई उद्धृत गर्दै सई रायलेबताए । शव पोष्टमार्टमको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
उनले आत्म हत्या किन गरिन भन्ने विषयमा व्यापक चासो बढेको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।