मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिक वडा नं. ९ निवासी ५२ बर्षीय तिलक बहादुर कार्की फलामे साङ्लोमा बाधीएको बषौं भयो । बेला बेला होसका बेला बेला बेहोसका कुरा गर्ने मनोरोगी तिलकबहादुरलाई बचाएरै राख्नका लागि फलामे साङ्लीले बाँधेर चाबी लगाई राख्नु पर्ने बाध्यता रहेको तिलकका बुबा दलबहादुर कार्कीले बताए ।

बाँधेर नराखे घर छोडेर हिढने र घरै नफर्कीने भएपछी फलामे साङ्लीले बाध्न बाध्य भएको दलबहादुर बताउँछन । सामान्य कपडा वा डोरीले बाँधे फुकालेर भग्ने गरेको र बाहिर कशैले कुट पिट गर्लान, गाडीले किचेर मार्ला वा कुनै सम्भाव्य दुर्घटना हुन सक्ने डरले बचाउँन र छोरालाई जोगउनकै लागी मन भारी बनाउँदै फलामे साङ्लीले बाँधेर चाबी लगाई राख्नु परेको दुखेसो सुनाए तिलकका ८१ बषीय वृद्ध बुबा दलबहादुर कार्कीले ।

अहिले पनी तिलकलाई कहिले काही छोप्वा बिराम (मृगी)ले सताउँछ । मृगीले भेटेको बेला दुई चार दिन सम्म खान पिना बिना नै त्यतीकै लडिरहन्छन । घरको अवस्था पनी दयनयि छ । बाँसका खाँबा खुट्टी र टिनलाई बासले च्यापेर बनाएको घर छ । बर्खामा परेको पानि घर भित्रै खस्छ । तिलकलाई राख्न छुट्टै कटेरो बनाइएको छ उनी त्यहिं भुइमै बस्छन खान्छन र फलामे साङलीमा बाधीएर सुत्छन ।

जेठो छोरा तिलक बहादुर लाई ०३४ सालमा मृगीले भेट्यो त्यस पछी पटक पटक धामी लगाएर अलि जाती भएको थियो । तर ०३७ सालमा धामीको पनी मृत्यु भयो त्यस पछी हेलपोष्टको दबाई खुवाएर अलिअलि निको भए पनी पुर्ण निको नभएको दलबहादुरले सुनाए । ०७२ साल देखी घर छोडेर हिँडेको तिनमहिना लगाएर खोजीगरी भेटाएपछी पनी नबाँधी राख्न कोशीस गरें तर बाहिर बाहिर हिँडने र जंगलमै बस्ने घर नफकर्ने भएपछी छोरालाई बाँधेर फलामे साङलीमा चाबी लगाउनु बहेकको बिकल्प नभएको बुबा दलबहादुर काकी बताउँछन ।

दलबहादुरको माइलो छोरा पनी रोगी भएको र कान्छो छोरा गोपाल अपाङ्ग छन । कान्छो छोरा गोपालले अपाङग भए पनी मावा नुनसरी समुदायिक वनले वनमा चौकीदारीको काम दिएको र त्यहीँ बाट आउने थोरै रकमले उनिहरुको घरको बिहान बेलुकाको गर्जो टर्ने गरेको छ । राम्रो अस्पताल लगेर औषधी उपचार गर्न आफु संग आर्थिक अवस्था कमजोर भएको दलबहादुरले बताए ।

कुनै मनकारी दाता, अस्पताल वा संघ संस्थाले छोराको उपचारमा सहयोग गरिदिए आफुलाई ठुलो क्लायाण हुने कार्की बताउँछन । मनोरोगी तिलक बहादुर बेला बेला होसका कुरा गर्छन । केहीबेला उपचार डाक्टर भन्छन त कोही बेल धामी भन्दै आफै बरबराउँछन । दलबहादुरले गह भरी आँसु पार्दै भने छोरा त ७ भाई जन्मीएका थिए । तिन भाई मात्र बाँचे बाँचेकाको नि यो अवस्था छ अब म डाँडा पारि जुन भइ सकेको बुढाले के नै गर्न सक्छु र ।