धरान / पूर्वको सुन्दर शहर धरानलाई थप आकर्षक पर्यटकीय शहर बनाउने नेकपाका मेयरका प्रत्यासी प्रकाश राईले बताएका छन् ।
हिजो मेयरको पदमा मनोनयन दर्ता गरि आज जनताको घरदैलोमा पुग्ने क्रममा धार्मिक क्षेत्र विजयपुरमा उनले यस्तो बताएका हुन ।
धरान उपमहानगरपालिकाले धरानलाई शैक्षिक, धार्मिक, शाहसिक खेलकुद तथा स्वास्थ्य क्षेत्रको हव बनाउने गुरु योजनालाई नेकपाका तत्कालीन मेयर स्व. तारा सुब्बाको निधनपछि अधुरो रहेकोले यसलाई पूरा नेकपाकातर्फबाट उमेद्वार बन्नुभएको प्रकाश राईले प्रतिबद्धता जाहेर गरेका छन् । उपमहानगरको भिजन अनुसार प्रदेश संघले समेत बजेटका लागि सहयो गरेको उनल ेबताए ।
धरानको विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने र यहाँ रहेका ऐतिहासिक, पुरातात्विक महत्वका मठमन्दिरको संरक्षण गर्दै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने स्व. तारा सुब्बाको भिजनलार्ई साकार बनाउन आफू उमेद्वार बनेको उनको भनाई छ । ‘केही अधुरा काम बाँकी छन् त्यसलाई पुरा गर्न नेकपाले मलाई उम्मेद्वार बनाएको छ । जिताएर पठाउनु होस धरान सम्वृद्ध बनाउने छु ।’–राईले भने ।
धरान उपमहानगरपालिकामा नगर प्रमुखको उपनिर्वाचनको मिति नजिकिदै जाँदा दलहरुले घरदैलो अभियानलाई तिब्रता दिइरहेका छन् । विशेष गरी नेकपा र नेपाली कांग्रेसले उमेद्वार सहित घरदैलो अभियानलाई तिब्रता दिएका छन् । घरदैलो अभियानमा पुग्दा मतदातासँग मत माग्ने मात्र होइन, आफ्ना योजना सुनाउनेदेखि, मतदातालाई आफ्नो पक्षमा पार्नका लागि खेतीबारीमासँगै काम गर्ने, वृद्धवृद्धासँग आशिर्वाद लिने, फोटो खिच्ने लगायतका काम गर्दै आएका छन् ।
नेकपाका उमेदवार प्रकाश राई बिहीबार धरान–१४ विजयपुरका मतदातासँग छमछमी नाचेर भोट मागेका छन् । विजयपुरस्थित मण्डप चोकमा मतदाता भेला भएर उमेद्वारलाई स्वागत गरिरहेको समयमा पुगेका प्रकाश राई मतदातासँगै छमछमी नाँचेका छन् । धरान–१४ का कपिल पोखरेलले भने –‘मेयरका उमेद्वार प्रकाश राई हाम्रै घरदैलोमा आएर हामीसँगै नाँच्दै भोट माग्नुभएको छ ।’