धरान । नेपाली कांग्रेसको घरदैलो कार्यक्रम अन्तरगत धरान १३ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा विभिन्न पार्टीमा आवद्द रहेका १७ जना युवाहरु नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलमा प्रवेश गरेका छन ।

नेपाली कांग्रेसका मेयरका उमेद्वार तिलक राईको बिहिबार घरदैलौ कार्यक्रमको अवसरमा  सखुवागाछीमा नेपाल तरुण दलका १३ नम्वर समिति सचिब दिपक लिम्बुको सक्रियतामा पूर्व वाइसीएल धरान नगर सदस्य मोहनकुमार चेमजोङ्ग, नेकपाका सुर्वण मगर , शिव शाक्य , सुजन लिम्बू मनिता तामाङ, अनिता चेमजोङ्ग, सुवन राई, पाहाङ राई, बुद्ध राई, सन्देश राई, बिधान राई, सुनम खड्का, रविन लामा,निरजाप्रहान, रिवन लिम्बु , राप्रपा नेपालका प्रकाश खवास,लिम्बुवान मञ्चका सन्तोष श्रेष्ठ गरि १७ जना युवाहरु तरुण दलमा प्रवेश गरेको १३ नम्बर वडाका सचिब लिम्बुले बताए । नव प्रबेसी तरुणहरुलाई मेयरका उमेदवार तिलक राईले फुलमालाअबिर लगाएर स्वागत गरेका थिए ।