विराटनगर /  अवैध यौन धन्दामा लगाउने एक जना भारीतय नागरिकलाई प्रहरीले पक्राउ गरकोे छ । विराटनगर क्षत्रेको होटलमा अवैध रूपमा यौन धन्दामा लगाउने भारत बिहार घर भएका ४५ वर्षिय मो. रियाजलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका भारतीय नागरिक रियाजले विराटनगर महानगरपालिका १५ रानीमा रहेको हिमालय गेष्टहाउसमा भारतबाट युवतीलाई ल्याइ करकापमा पारेर अवैध यौन धन्दामा लगाउँदा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएपी राजकुमार खिउँजुले जानकारी दिए । पक्राउ पर्ने रियाज उक्त होटलका संचालकसँगको मिलेमतोमा युवतीहरूलाई योन धन्दामा लगाउने गरेको खुलेको छ । सोमबार रियाजलाई प्रहरीले पक्राउ गरेपछि संचालक फरार छन् । प्रहरीले उनको पनि खोजी कार्यलाई तिव्र बनाएको डिएपी खिउँजुले जानकारी दिए ।
पक्राउ परेका रियाजलाई इप्रका रानी विराटनगरले मोरङ अदालतमा मानव वेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।
उनीहरूले भारत फार्विसगन्ज घर भएकी किशोरीहरूलाई गेष्ट हाउसमा काम लगाई दिने भन्दै करकापमा तथा प्रभावमा पारी वेश्यावृतिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएपी खिउँजुले बताए । यस अघि विराटनगरस्थित रेस्टुरेन्टको आडमा जवरजस्ती डर, त्रास देखाएर काम गर्ने किशोरीहरूलाई यौन धन्दामा लगाउने गरेको पाइएको थियो ।
पहाडी जिल्लाहरूबाट रोजागरीको लागि काम खोज्दै आएका किशोरीहरूलाई रेष्टुरेन्टमा काममा लगाउने र होटलमा आएका ग्राहकहरूसँग मोटो रकम लिएर संचालकहरूले यौन धन्दालमा लगाउने गरेका थिए । करकापमा पारि विराटनगर महानगरपालिका– ११ रोडशेष चौक स्थित टिफिन रेष्टुरेन्ट संचालिका सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत आदलतमा मुद्धा दर्ता गरेपछि अदालतको आदेशले उनीहरू अहिले पुर्पक्षका लाथि थुनामा छन् ।