धरान/ करिब ३ महिना अगाडि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको दिल्ली पब्लिक स्कुलमा बम विष्फोट गराउने दुई जना पक्राउ परेको छ ।

पक्राउ पर्नेहरुमा विप्लव नेतृत्व नेकपा माओवादीका दुई कार्यकर्ता रहेको हुन सक्ने अासङ्का गरिएकाे छ  ।  पक्राउ पर्नेहरूकाे जानकारी भने अाइसकेकाे छैन ।

मध्यराती करिब साढे १२ बजे गराइएको उक्त विष्फोटमा गेटको पश्चिम भागमा पूर्ण क्षति भएको छ । बमको छर्राले अगाडी पटीको चिकित्सकहरु बस्ने इ–ब्लग अन्तर्गतको आवासको झ्यालका सिसा फुटेको थियो।

थप जानकारी आउन बाँकी छ ।