उदयपुर/ सुन्तला पाक्ने सिजनमा फलभित्र किरा लागेपछि उदयपुरका व्यावसायिक सुन्तला कृषकहरू चिन्तित भएका छन् । गत वर्ष भन्दा उत्पादनमा वृद्धि हुने आशा बोकेका व्यावसायिक सुन्तला कृषकहरू फलमा किरा लागेर अत्याधिक मात्रामा दाना झरेपछि चिन्तित भएका हुन् ।

असोज लागेपछि सुन्तलाको फल पहँेलिएर अत्याधिक मात्रामा दाना झरेपछि गाई, भैँसी र बाख्रालाई खोले पाएर खुवाउन थालेको सुन्तला व्यवसायी (कृषक) मनिकुमार राईले बताए । झरेको दाना फुटाएर हेर्दा दाना भित्र मासुमा लाग्ने जस्तो सेतो किरा हुने गरेको उनले बताए । शुरुशुरुमा तालिममा सिकाए अनुसार सुन्तलाको झरेको दाना जम्मा गरेर बारीभन्दा पर पु¥याएर आगोमा डढाउने र खाडल खनेर पुर्ने गरे पनि सम्भव नभएपछि गाई वस्तुलाई खोले पाएर खुवाउन थालेको कृषक राईले बताए । किराले झारेको सुन्तला दैनिक जम्मा गर्दा २/४ डोको हुन्छ । त्यसलाई डढाउन सकिँदैन । त्यसैले वस्तुलाई झ्याँगामा पकाएर कुडोँ, खोले खुवाउन बाध्य भएको उनले बताए ।

गत वर्षहरूको तुलनामा यस वर्ष दोब्बर फलेको सुन्तला किराले बोट मात्रै राखेको छ । किरा नियन्त्रण गर्न आपूmले जाने जाति औषधी प्रयोग गरेको कृषक राईले बताए । किरा दानाभित्र हुने भएकाले बाहिर हानेको औषधीले कुनै किरालाई असर नपर्ने गरेको उनले बताए । उनले भने ‘किराले सुन्तला सखाप पारेपछि सुन्तला व्यवसायीलाई ठूलो आर्थिक सङ्कट आइपरेको छ ।’

गत वर्षहरूमा नेबुवा, कागतीमा बढी र कुनै कुनै ठाउँमा सुन्तलामा पनि अलिअलि देखा परेको किरा यसपालि सुन्तलामा अत्याधिक मात्रामा देखा परेको छ । सुन्तलामा पहिलो पटक देखा परेको किरा नियन्त्रण गर्न कुनै निकायले खासै चासो नदेखाएको गुनासो कृषकहरूले गरेका छन् । सुन्तलाको हरियो दाना किरा परेरबोटमै कुहिएर,पहेँलो भई झर्ने गरेको कृषकहरूले बताए । जिल्लाको सुन्तला जोन क्षेत्र घोषणा भएका रौतामाई गाउँपालिकाको क्युरेनी, दुकुर्चुङ, धोद्रे, मझौले, डाँडागाउँ, कर्कुसे, निगाले, डिल्लिबर, शेर्के, लिम्चुङ्बुङको ताम्लिछा, ताप्लिको रूपाटार, लिम्पाटार, ओख्ले, कटारी नगपालिकाको हर्देनी लगायतका गाउँ बस्तीमा किराले सुन्तलाको दाना झारेको जोन सञ्चालक समिति उदयपुरका सदस्य (सुन्तला कृषक) तिलक राईले बताए ।

निगालेमा प्रत्येक सुन्तला व्यावसायीहरूले करिब ४ सय बोटसम्म सुन्तला लगाएका छन् । बर्र्सेनी ३० हजारदेखि करिब ७ लाखसम्म सुन्तलाबाट कमाइ गर्दै आएका थिए । यसपालिको किरा आतङ्कले आन्दानी शुन्यमा झार्ने चिन्ता कृषकहरूमा बढ्दै गएको सदस्य राईले बताए । सुन्तलामा असोजदेखि अलिअलि किराको प्रकोप देखा परे पनि कात्तिकमा अत्यधिक बढेको छ । पाक्ने सिजन नजिकिएसँगै किराको प्रकोप पनि बढ्दै गएको सदस्य राईले बताए । गएका वर्षहरूमा बिरुवाको फेदमा पानी जमेर, उड्ने किरा पँदेराको पिसाबले सुन्तलाको दाना झर्ने गरेको भए पनि यसपालि नयाँ अनौठो खालको रोगले अत्यधिक मात्रामा दाना झरेको सदस्य राईले बताए ।

अहिलेसम्म कुन रोग हो ? के कारणले फलभित्र किरा लागेको र त्यो कुन किरा हो ? कोही कसैलाई थाहा नभएको उनले बताए । फागुन–चैतमा फुल्ने सुन्तला विभिन्न कारणले असार–साउनमा सामान्य रूपमा दाना झर्ने गर्दछ । त्यसपछि भदौदेखि पाकुन्जेल कुनै रोग नलाग्ने र फल नझर्ने गरेको व्यावसायिक सुन्तला कृषक तोपबहादुर ठकुरीले बताए । असारमा सुन्तलाको बोटको फेद वरिपरि धेरै झार पलाएर मल सञ्चय गर्न नपाउँदा फल झर्छ । साउनमा लामो समय झरी परे अलिअलि दाना झर्ने र पँदेरा किरा दानामा बसेर झार्ने भन्दा अरू कारणले फल झरेको थाहा नभएको उनले बताए ।

घर परिवार चलाउन, छोराछोरी पढाउन र लाउन खान सबै कुरा धान्ने सुन्तलामा नयाँ र अनौठो खालको रोग देखा परेपछि सुन्तला कृषकहरू आत्तिएका छन् । आयस्रोतको मुहान नै सखाप भएपछि घर परिवार चलाउन, छोराछोरी पढाउन समस्या आउने भएको हो । व्यापक रूपमा पैmलिएका सुन्तलाको दानाभित्र भएका किराको पहिचान गरी रोग पत्ता लागाउन जोनले चाँडै काठमाडांै पठाउने जनाएको छ । कृषि प्रधान देशमा कृषिमै भयानक रोग लाग्दा कृषकहरूको मनोबल घट्नुका साथै स्थानीय स्तरमा सुन्तला कृषकहरूको आर्थिक अवस्था दयनीय बन्दै जाने देखिन्छ ।