इनरुवा/ नेपाली भू–भाग मिचेको विषयलाई लिएर सुनसरीको इनरुवामा समेत भारत सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ । कालापानीको मुद्दालाई लिएर देशभर आन्दोलन छेडिँदा इनरुवामा समेत भारत विरोधी प्रदर्शन गरिएको हो ।

स्थानीय युवाहरूको अगुवाइमा निकालिएको ¥यालीमा नगरवासीले समेत सहभागिता जनाएका थिए । शान्तिचौकबाट शुरु भएको भारत विरोधी नाराबाजीसहितको ¥याली बसचौकमा पुगी कोणसभामा परिणत भएको थियो ।

स्थानीयले केहीबेर पूर्व–पश्चिम राजमार्ग खण्डमा अवरोधसमेत गरेका थिए । सहभागीहरूले कालापानी नेपालकै भएकाले भारतको दादागिरी तोड्न राष्ट्रिय एकताको खाँचो औंल्याए । लिपुलेक कालापानीसहितका नेपाली भू–भाग आफ्नोतर्फ रहेको विवादित नक्सा जारी गरेपछि नेपालभर भारत विरोधी अभियान छेडिएको छ ।

इनरुवाबासीले भारतीय नक्सा सच्याउन नेपाल सरकारले उचित प्रमाण र दस्तावेजका आधारमा तत्कालैबाट आवश्यक कूटनैतिक पहल थाल्नुपर्ने मागसमेत गरेका छन् ।