श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल कार्तिक २६ गते मङ्गलबार, १२ नोभेम्बर २०१९ । कार्तिक शुक्लपक्षको पूर्णिमा तिथि १९ः०४ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र भरणी २१ः५०, उप्रान्त कृतिका । चन्द्रमाराशि मेष, सूर्योदय ६ः२३ र सूर्यास्त ५ः१२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । शुभसमाचारले मन प्रसन्न रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । दिन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नया“ तथा रमणीय स्थानको भ्रमण होला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवम् मिष्ठान्न भोजन प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रोखालको छ । आर्थिक आयआर्जन हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्दा–मामिलामा तपाईको विजय होला । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । धार्मिक कार्यक्रममा संलग्न भइएला । रमाइलोमा दिन बित्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।