धरान / धरान क्षेत्रमा रहेका बाम बद्धिजिवी वर्गले भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूगोल समावेश गरेको विरोधमा सोमबार साँझ मैनबत्ति जुलुस गरेको छ ।
बाम बुद्धिजिवी तथा नेकपा बुद्धिजिवी निर्वाचन परिचालन उपसिमित संयोजक डा. रमेश घिमिरेको संयोजनमा भारतीय विस्तारवादको विरुद्ध विभिन्न नाराहरु लेखिएको प्ले कार्डसहित धरानको छाताचोकदेखि भानुचोकसम्म मैनबत्ति बालेर ¥याली गरि भानुचोकमा कोणसभा गरिएको थियो । –यालीमा बसद्धिजिवी, नागरिक समाज, प्राध्यापक, पत्रकार तथा विभिन्न राजनैतिक दलहरुका प्रतिनीधिहरुको सहभागीता रहेको थियो
कोणसभालाई सम्बोधन गर्न नेकपाका तर्फबाट धरान उपमहानगरका मेयरका प्रत्यासी प्रकाश राईसमेत उपस्थित भएका थिए । उनले भारतको हेपाहा प्रवृतिप्रति बाम बृद्धिजीवीहरुको खवरदारी उल्लेखनीय भएको बताए । उनले भारतसँगको सीमा विवाद नेकपा नेतृत्व सरकारले कुटनितिक पहल गर्ने बताउदैं भारतसँग सीमाबारे छलफल शुरु भएको बताए ।

कोणसभालाई बाम बुद्धिजिवी प्राडा भीम खतिवडा, प्राध्यापक उद्धव श्रेष्ठ, रुक्मणी मास्केलगायतले सम्बोधन गरेका थिए । कोणसभाको संचालन देबेन्द्र कार्कीले गरेका थिए ।

IMG20191111173445