सिरहा/ पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएका सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ६ का राजेश्वर साह अहिले मिर्चैयामा अटो चलाउँछन् । स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै विदेश गएका उनी लामो समय देशबाहिर रहे ।

त्यहाँको कमाइले घरको कमजोर आर्थिक अवस्थामा खासै परिवर्तन नआएपछि दोहो¥याएर विदेश नजाने निष्कर्षमा पुगे, करिब ५ लाख लगानी गरेर अटो खरिद गरे र आफै चलाए । उनी अहिले सदरमुकाम आसपासका ग्रामीण क्षेत्रलाई समेत लक्ष्य गरी अटोमा यात्रु बोक्छन् ।

मिर्चैया नगरपालिका वडा नं. ६ का राजेश्वर साह ५ वर्ष मलेसिया बसे । जोखिमपूर्ण काम गर्दा कतिबेला मृत्युको मुखमा पुगिने हो भन्ने त्रासका बीच ५ वर्षको मलेसिया बसाइलाई छोडेर अहिले उनले यहाँ आफ्नै गाउँमा उनले अटो किनेर चलाउन शुरु गरे । विदेशमा कमाएको पैसाले नपुगेपछि ऋण लिए र ५ लाखमा अटो खरिद गरे । उनी अहिले सदरमुकाम र आसपासका बजार क्षेत्रमा अटो चलाउने गर्छन् ।

यो पेशाबाट दैनिक ५ सयदेखि १ हजारसम्म आम्दानी हुने गरेको अटो व्यवसायीहरूले बताएका छन् । सामान्य अवस्थामा पनि दैनिक १ हजार आम्दानी गर्ने उनीहरूको सदरमुकाममा हुने विशेष कार्यक्रमहरूमा भने कमाइ पनि बढ्ने गर्दछ । कार्यक्रम पर्दा त दैनिक २ हजारदेखि ५ हजारसम्म आम्दानी हुने गरेको व्यवसायी श्रवण रजकले बताए । ‘रिजर्भ गरेर सदरमुकाम बाहिर जानु पर्दा अतिरिक्त कमाइ हुन्छ’ –रजकले भने ।

नगरपालिकामा अटो भित्रिएसँगै नगरवासीलाई आवत–जावतमा निकै सहज भएको छ । व्यक्तिगत सवारी साधन नहुनेहरूका लागि अटोले निकै सहयोग पु¥याएको कल्याणपुर नगरपालिका वडा नं.६ का प्रदीप साहले बताए ।