धरान/ धरान–३ तुर्केस्थित सरस्वती बालआश्रममा आश्रित बालबालिकाहरू शैक्षिक भ्रमणमा निस्किएका छन् ।

कात्तिक २१ गते काठमाडौं, भक्तपुर, पाटनलगायतका ऐतिहासिक स्थलहरूको भ्रमणमा निस्किएका हुन् । पाँच दिने भ्रमणको विदाइ धरान उपमहानगरपालिकाका निमित्त मेयर तथा धरान–१५ का वडाध्यक्ष नरेश इवारमले गरे ।

आश्रमले आश्रित बालबालिकाहरूलाई प्रत्येक वर्ष भ्रमण तथा अवलोकनमा लाने गरेको आश्रमकी दोस्रो उपाध्यक्ष रुक्मिणी मास्केले बताइन् । आश्रमका अभिभावकसहित २५ जनाको टोली त्यसतर्फ प्रस्थान गरेका छन् । १८ जना बालबालिकाहरू रहेका छन् । टोली कात्तिक २६ गते फर्किनेछ ।