धरान/धरान–११ स्थित मकालु युवा क्लबको आयोजनामा तेस्रो वडाध्यक्ष कप शनिबारदेखि शुरु भएको छ ।

सगरमाथा चोकको खेल मैदानमा शुरु भएको प्रतियोगितामा ११ नम्बरका १६ वटा टिम सहभागी छन् । उद्घाटन खेल यलम्बर हान्सा चोक ए र आँपगाछी चोकबीच भएको छ । जसमा यलम्बरले ३–२ गोल अन्तरले आँपगाछी चोकलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । क्लबका संयोजक रिकेश विकका अनुसार विजेताले नगद २० हजार र उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

फाइनल खेल मंसिर २ गते सम्पन्न हुने जनाइएको छ । धरान ११ नम्बर वडाको संयोजनमा भएको प्रतियोगितामा ११ नम्बर वडाका अध्यक्ष बाबुलाल लामाले उद्घाटन गरे ।

football