धरान / धरानमा आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईलाई जिताउन प्रेस युनियन सुनसरीले १ सय १ सदस्यीय मिडिया परिचालन तथा प्रचार प्रसार समन्वय समिति परिचालन गरेको छ ।

शनिबार पत्रकार हर्ष शुब्बाको संयोजकत्वमा १०१ सदस्यीय समिति गठन गरिएको हो । उपनिर्वाचन अवधिभर नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईको चुनावी अभियान तथा गतिविधिहरुलाई विभिन्न सञ्चार माध्यमहरुमार्फत प्रचार प्रसार गर्न समिति गठन गरिएको हो

समितिमा  धन बहादर पुरी, सन्तोष यादव, चेतन धमला, सचिन पोखरेल, सञ्जिव वाग्ले, मात्रिका प्रसाद नेपाल, शुक्रान्त राई, पारस राई, हेमराज दाहाल, बासुदेव बराल, दिलिप रिनोहाङ राई, विष्णु बराल, लक्ष्मण थापा, धुर्व ढकाल, सुमन गुरागाई, रञ्जना पौडेल, इकवल अहमद, रोहित कुलुङ राई, बाबुराम सुबेदी, जिवन फुयाँल, विवेक विवश रेग्मी, निशान चौधरी, अजित झा, पवन अधिकारी रहेका छन् ।
यसै गरि अर्जुन सुवेदी, सुरेश दाहाल, कृष्णकला राई, उषाकिरण घिमिरे, हिमाल राई, विनय प्रधान, सांगेन राई, संगिता बाहिङ राई, शान्ता निरौला, कुशल कुरुङ्बाङ, नविन पाण्डे, कृष्ण अधिकारी, कृष्ण भट्टराई, मिकाइल आलम, दिपक कार्की, विरेन्द्र शाह, सुनिल चौधरी, नरेन कुलुङ, सुप्रिया राई, सुस्मिता राई, गणेश निरौला, आशिस यादव, संगम विष्ट, दिपक पुरी, बसन्त राई, चन्दन गुप्ता निश्चल शर्मा, कला चापागाई, विवेक भट्टराई तथा सन्दिप राई लगायत १ सय १ सदस्यीयहरुलाई उपनिर्वाचनको अवधिभर विभिन्न जिम्मेवारी दिइएको छ ।