याक्सामा–
बनेर कामायिनी नेत्तीफुङ
स्याउलाको ओच्छ्यानमा

उत्तानो पल्टेकी छे कुमारी इप्ना सरेङ्धङ्ना
र चुसाइरहेकी छे आफ्नै मदमस्त स्तन
याक्लापुसालाई

नथामिएपछि कामुकताको हुरीलाई
नरोकिएपछि बैंशको असिना झरीको बर्षालाई

याक्लापुसाले चुसेको स्तनको मुन्टा
तिगेन्जङ्ना गा“उकी
कुमारी इप्ना सरेङ्धङ्ना कै हो

फाक्सेराको आफ्नै चेली कै हो
याक्लापुसाको सलवलाहटबाट
सरेङ्धङ्नाले तृष्णाको नदी तरेकै हो
......................
आफ्नो बैंशालु उन्नत अवयवको
टुप्पामा चढाएर याक्लापुसा ओरालेपछि

कुमारी इप्ना सरेङ्धङ्ना
सावायेत्हाङ गा“उको नीलो आकासतिर
आंखा डुलाउदै सुसेल्छिन्
सपनामै पनि पसिना पसिना हुदै विउझिन्छिन्

थाहा छैन कुनबेला
देखेर फाक्सेराले
याक्लापुसालाई दुइ टुक्रा बनाउछ

याक्लापुसाको स्पर्शले
तृषित देह मत्थर भएको
पाषाण कथा

अचेल याङ्वरकको बारीमा डुल्ने
याक्लापुसाहरुलाई

आदिम सरेङधङ्नाको अवयवको
असिम स्वाद थाहा नहुन सक्छ

तम्बोर खोलाको किनारै किनारका
बुट्यानमा लुक्ने
याक्लापुसालाई पनि
सरेङ्धङ्नाले पाएको
तृप्तीको मुल्य थाहा हुन सक्छ ।

.................
धरान, सुनसरी