मधुमल्ला । मोरङकोे मिक्लाजुङ गाउँपालिका वडा नं. ३, टाँडीका दुबै मृगौलाले काम नगरी बिरामी परेका पुर्ण वहादुर लिम्बुलाई आर्थिक सहयोग हस्तानतरण गरिएको छ ।
बिगत लामो समय देखी दुवै मिर्गौला काम नगरी थलापरेका लिम्बुको उपचारका लागि विभिन्न सहयोगी महानुभावहरु वाट आर्थिक सहयोग गरी लिम्बुकै घरमा गरए संकलित रकम रु. ६४ हजार चार सय सत्तरी रुपया हस्तान्तरण गरिएको हो ।

बिरामीका लागि सहयोग रकम संकलन गर्न लागी स्थानिय समाजसेवीहरु हर्कराज राईको अगुवाईमा चन्द्र लिम्बु, गणेश भट्टराई, दिनेश पौडेल, सन्तोष मगर, गोविन्द खड्का, याम चम्लागाई, भवानी चम्लागाई, ज्ञानु खनाल, केशव रेग्मि, नरेश आचार्य, भिम लिङ्देन, पुर्ण लिङ्देन, विनोद लिङ्देन लगायतका महानुभावहरुले पुर्ण बहादुर लिम्बु जिवन वचाउनका लागि रकम संकलन अभियानमा जुटिरहेको स्थानयि युवा गणेश भट्टराइले बताए ।

भट्टराईले भने थोपा थोपा मिलेर नै समुन्द्र बन्छ तपाईहरुको सानो सहयोगले कसैको जिवन रक्षा हुन सक्छ त्यसैले सकेको सहयोग गरीदिनु हुने पुर्णबाहादुर लिम्बु बचाउ अभियानले सबै सहयोगी मनहरु संग आग्रह समेतगरेको छ ।