र्यापर भिटेन (समिर घिसिङ) ले फिल्म ‘सरौतो’ को प्रमोशनल गीत गाएका छन् । शीर्ष गीतमा भिटेनकै शब्द तथा सङ्गीत छ ।

गीतको भिडियोमा भिटेन आफै पनि देखिनेछन् । गीतमा भिटेनको साथमा मुख्य कलाकारहरू सुमी मोक्तान र विजय लामा पनि देखिँदैछन् ।

गीतमा भिटेन केही फरक अन्दाजमा प्रस्तुत हुने फिल्मका निर्देशक हरि हुमागाईंले बताए । हरिले यसै फिल्ममार्फत् निर्देशनमा डेब्यू गर्दैछन् । ‘सरौतो’ मङ्सिर १३ गते रिलिज हुने हुँदैछ ।