श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल कार्तिक २२ गते शुक्रबार, ०८ नोभेम्बर २०१९ । कार्तिक शुक्लपक्षको एकादशी तिथि १२ः१८ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पूर्वभाद्रपदा १३ः०९, उप्रान्त उत्तरभाद्रपदा । चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः२० र सूर्यास्त ५ः१४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । साथीभाइ तथा आफन्तजनको विशेष सहयोग मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीसिट भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । व्यापार व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायादिको व्यापार व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । साथीभाइसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । बन्न लागेको काममा विध्न आइपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म कर्म तथा समाजसेवामा मन जानेछ । आफन्त तथा साथीभाइसित रमाइलो भेटघाट होला । शुभकार्यको चर्चा चल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्या आइपर्न सक्छ । अनावश्यक काममा धन खर्च होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का पट्टा तथा तत्जन्यकार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवं खानपिन होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक जीवनमा खुशीयाली छाउला । नयाँ सदस्यको आगमन हुनेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । शुभ समाचार सुन्न पाइएला ।