देउराली । धरानमा ८४ हजार नगदसहित १० जनालाई तास र डाईस खेलिरहेको अवसथामा प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राती ११ बजे तास र लंगुरबुजा खेलिरहेका १० जनालाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नगद ८४ हजार सहित धरान उपमहानगरपालिका १४ स्थित मंण्डप चौकमा रहेको पशुपति चौधरीको घरबाट पकउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सोहि ठाउँका बर्ष २६ को सोबित भुजेल , बर्ष ३५ को बिकास राई, बर्ष २९ को मनोज राई, बर्ष २५ को शुसिल बिश्वकर्मा, बर्ष २७ को शम्भु चौधरी, बर्ष ३० को अर्जुन तामाङ, बर्ष २७ को रबिन बर्देवा, बर्ष २५ को संदिप मगर, बर्ष २६ को बिकाश राई र घरधनि बर्ष २७ को पशुपति चौधरी रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लंगुरबुजा १ सेट, तास १९ बुक र नगद ८४,१०० फेला पारेको कार्यालयले जनाएको छ ।