धुर्मुस–सुन्तलीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को फस्टलुक पोष्टर सार्वजनिक भएको छ ।

पोष्टरमा सीताराम कट्टेल (धुर्मुस) गम्भीर मुद्रामा देखिएका छन् । रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्मको पोष्टरसँगै रिलिज मिति पनि पक्का भएको छ । फिल्म फागुन ९ गते रिलिज हुने पोष्टरमा उल्लेख छ ।

फिल्ममा सीतारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, वसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय छ । फिल्मलाई शैलेन्द्र डी. कार्कीले खिचेका हुन् । फिल्ममा कुमार कट्टेल र दीपक आचार्यको लेखन छ, निमेश श्रेष्ठको सम्पादन रहेको छ ।