झापा/ इटहरीमा पहिलो पटक उत्कृष्ट पप गायक नवीन के भट्टराई र एड्रिन प्रधानको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

हाम्रो कार्ट काठमाडौंको आयोजना तथा सोच खबर र सिटी फेसन वेयरको सह–आयोजनामा कार्तिक ३० गते एकदिने सांस्कृतिक कार्यक्रम हुन लागेको हाम्रो कार्टका अध्यक्ष अर्जुन पुरीले बताए ।

नेपाल पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वाञ्चल म्युजिक फेस्टिवल आयोजना गर्न लागेको कार्यक्रमका सचिव विशाल पुरीले बताए ।

सहयोगी हातहरूमा मेरो किचन, मनकामना डेण्टल, क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी काठमाडौँको पनि भूमिका रहने कार्यक्रमका सह–संयोजक कमल चौधरीले जानकारी गराए ।