विराटनगर /   मोरङ प्रहरीको पाँच वटा हिरासत कक्ष । महिला र पुरूष राख्ने छुट्टाछुट्टै कोठाहरू । फरक स्वभाव र विशेषता बोकेकासँगको सहकार्यले पनि हिरासत भित्रको जीवन बाह्य संसारभन्दा भिन्न देखिन्छ । विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङ परिसर भित्रको हिरासत कक्षमा आइतबार दिउँसो पुग्दा यस्तै यस्तै अनुभूति भयो ।
मोरङ प्रहरीका एसपी विश्व अधिकारी जब हिरासत कक्षभित्र नमस्कार गर्दै प्रवेश गरे, विभिन्न अपराधको आरोपमा पक्राउ परेकाहरू उनलाई स्वागत गरेका थिए । छठ पर्वको अवसर पारेर एसपी अधिकारीले मोरङ प्रहरीका हिरासत कक्ष भित्र रहेका ६ महिला सहित ३४ अभियुक्तलाई ‘मोटिभेसन’ गर्न त्यहाँ पुगेका थिए ।
उनले करिब एक घण्टा अभियुक्तहरूलाई ‘मोटिभेसन’ दिए । अभियुक्तहरूसँग प्रत्यक्ष अन्र्तक्रिया गर्दै एसपी अधिकारीले भने, ‘हामीसँग उर्जाशील सोच छ । यसलाई तपाइ हामी सबैले सहि ठाउँमा सदुपयोग गर्नुपर्छ । यसो गर्दा अगाडि बढ्न सजिलो हुन्छ ।’ अधिकारीले यसो भनिरहंदा सहभागि भएकी एक महिला थुनुवा भाव विभोर भइन् ।
‘हिरासत भनेको कुटपिट गर्ने थलो मात्रै होइन, यहां आउनेलाई पाहुना वा परिवार सरह राखेका हुन्छौं, सबैमा विकासको संभावना हुन्छ तर सकारात्मक सोच चाहिन्छ, अनि आफूसंगै समाज पनि अघि बढ्छ,’ अधिकारीले भने । मोरङ प्रहरी प्रमुख भएर आए पछि थुनुवासंग उनको यो अहिलो अन्र्तसंवाद हो । थुनुवाको गुनासो सुन्ने र त्यो अनुरुपको सुझाव सल्लाह अबलम्बन गरिने एसपी अधिकारीले अठोत व्यक्त गरे । यस अन्र्तक्रिया कार्यक्रममा थुनुवाले राखेको गुनासोलाई सुन्दै आउने दिनमा सुधार पनि गर्दै अगाडि बढ्ने उनले प्रतिवद्धता जाहेर गरेका थिए ।
अन्र्तक्रिया कार्यक्रममा मोरङ प्रहरीका डिएपी घनश्याम श्रेष्ठ, प्रहरी निरीक्षक ऋषिराम ढकालको पनि उपस्थीति रहेको थियो ।
मोरङ प्रहरीको हिरासतमा सबैभन्दा बढी अभद्र व्यवहरा म्यात थप गरिएका अभियुक्तहरू सबैभन्दा बढी छन् । आइतबारसम्म मोरङ प्रहरीको हिरासतमा १४ जना अभद्र व्यवहारका थिए । त्यस्तै लागूऔषध मुद्दाको पाँच जना, बुहुविवाहको ३ , चोरी ३, ठगि १, जवरजस्ती करणी २, विष्पोटक पद्धार्थका ४, बैकिङ्ग कसुर र हातहतियारका मुद्दामा म्यात थप गरिएको १/१ जना गरि जम्मा ३४ जना अभियुक्त रहेको मोरङ प्रहरीको अभिलेखमा उल्लेख छ ।