धरान । धरानकाे सेउती र सर्दु खाेलमा उदाँउदाे सुर्यकाे पूजा अर्चना गरेर आज छठ पर्वकाे समापन गरीएकाे छ ।

उदाउँदाे र अस्ताउँदाे सूयर्काे पूजा अर्चना गरी मनाइने छठको दाेस्राे दिन आज धरानको सेउती र सर्दु खाेलमा उदाँउदाे सुर्यकाे पूजा अर्चना गरेर मनाइएकाे हाे । विशेष गरी तराइ क्षेत्रमा मधेसी समुदायले मात्रै मनाउदै आएकाे यस पर्व २०३५ सालबाट धरानमा पनि मनाउदै आएका छन् । 

सूर्यको उपासनासँगै शुद्धतासँग समेत जोडिएको छठ पर्व प्रकृती पुजासंगपनि जाेडीएकाले पछिल्लाे समय अन्य समुदायकाे पनि झुकाव बढ्दै गएसंगै धरानमा पनि विभिन्न समुदायका मनिसहरू बिच सद्भावका साथ मनाइएकाे छ । पछिल्लाे समय सबै समुदायका मानिसहरुले यो पर्व मनाउन थालेकाे देख्दा खुशी लाग्गे गरेकाे राजेन्द्र शाह बताएका छन्।

भगवन सबैको हो जो सुकै ब्यक्तिले पनि यो भगवनको पुजा गर्नु हुन्छ भन्ने सोचाईको बिकाश भएका कारण पनि अहिले सबैजनाले खुल्लेुर यो पर्व मनाउन थलेकाले हामीले पनि  छठ पर्व मनाउदै आएका छौ भन्छिन उदाँउदाे सुर्यलाइ जल चढाउन सर्दु खाेला पुगेकी रमा बुढाथोकी ।

भक्तजनहरुलाई विभिन्न सेवा सुविधा दिन छठ पुजा समितिले बिशेष ब्यवस्था  गर्नुका साथै खोलाहरु बेहुली जस्तो रङ्गचङ्गी बनाएर सजाएका थिए । भक्तजन आउने जाने बाटोमा बिजुली बत्ती, खोालाको सरसफाई, पार्कीङ, प्रवेशद्धारा , शान्ति सुरक्षा लगायतको ब्यस्वथामा बिशेष ध्यान दिएको थियाे ।

साथै छठ पूजाकोलागि  स्थानियस्तरबाट बजेटकाेपनि व्यावस्था गरीएकाे छठ पुजा समितिका अध्यक्ष, शतिस चन्द्र गुप्तले बताए ।