धरान / धरान उपमहानगरपालि र धुलिखेल नगरपालिका बीच भगिनी सम्वन्ध विस्तार गरिएको छ । दुबै नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थितिमा भगिनी सम्वन्ध विनिमय पत्रमा हस्ताषर गरेर सम्वन्ध विस्तार गरिएको हो ।
धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठको नेतृत्वमा धुलिखेलबाट उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु, कर्मचारीहरुसहितको टोली धरान उपमहानगरपालिकाको निमन्त्रणामा विहिबार धरान आएको थियो ।
शुक्रबार साँझ एक वृहत कार्यक्रम गरि धरान उपमहानगरपालि र धुलिखेल नगरपालिका बीच कृषि, व्यापार, पर्यटन, संस्कृति, शिक्षा, व्यक्तित्व विकास, पारस्परिक सम्बृद्धि, व्यवसायीक क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने गरि विनीमय आदन प्रदान गरिएको धरान उपमहानगरपालिकाका कार्यवहाक मेयर मञ्जु भण्डारीले जानकारी दिइन ।

धरानको विकास र धुलिखेलको विकासका मोडलहरु र अनुभवहरु आदान प्रदान गर्न भगिनी सम्वन्ध स्थापित गरिएको धुलिखे नगरपालिकका मेयर श्रेष्ठले बताए ।  प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा  धुलिखेल समाज धरानले स्वागत गरेको थियो । धुलिखेको टोलीलाई धरान वरपरका पर्यटकीय क्षेत्रहरुमा भ्रमणसमेत गराइएको थियो ।