जब एक सूर्य अस्ताउँछ

alt
  • कार्तिक १४, २०७६
  • १,१८५ पटक पढिएको
  • सन्तोष थेवे

“जातस्य हि धु्रवो मृत्युर्धु्रवं जन्म मृतस्य च ।
तस्मादपरिहार्यर्थे न त्वं शोचितुमर्हसि ।।” (गीता)
अर्थात् जो जन्मिन्छ त्यसको मृत्यु निश्चित छ । त्यसरी नै मर्नेको जन्म निश्चित छ । यसर्थ उपाय नभएको विषयमा शोक गर्नु योग्य हुँदैन । यसरी गीताले राजा, रङ्क सबैलाई समान मान्छ, समान व्यवहार गर्छ । उनीहरूमा साम्य, वैषम्यको भेदभाव गर्दैन ।

‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।’ कवि शिरोमणि लेखनाथले पनि मानिस आफू न चाहेर जन्मिन्छ, न चाहेर मर्छ भन्छन् । उनले कालले कसैलाई थाहा नदिई भेदभाव नगरी टिपेर लैजाने बताएका छन् ।

यो मायावी रहस्यको चित्त बुझ्दो उत्तर अहिलेसम्म फेला परेको छैन । फेला परिहाल्यो भने पनि मान्छे जिजिविषाको जालोबाट उम्किन सक्दैन । मान्छेको जीवनमा मृत्यु निश्चित छ । तर, त्यो बाजा बजाएर आउँदैन रहेछ । मृत्युका कारणहरू रोग, दुर्घटना, बुढ्यौली नै हुन्, जसलाई हामीले अन्ततः स्वीकार नगरी धरै छैन । यसरी मनमा अनेक कुराहरू तरङ्गित भइरहेछन् । मृत्युको उत्सव मनाइरहेछु । आत्मीय साथी कृष्ण आचार्यबाट थाहा पाएँ, आत्मीय साथी सुरज श्रेष्ठले अन्ततः देह त्याग गरे । उनी लामो समय मोटर न्युरोन डिसअडर रोगले थलिएर रहेका थिए ।

विधिको विधान, त्यतिखेर नै उनी मातृशोकमा परे । धरानमा बहुत दुःखले आए । हतार हतार भेट्न घरमा गएँ । बोल्न सक्दैनन्, चल्मलाउन सक्दैनन् । तर केही इन्द्रियहरू सक्रिय छन्। त्यो मातृशोकको घडीमा उनको अनुहारमा देखिएको कान्ति देख्दा लाग्यो । दुर्लभ महापुरुषहरूको अवस्थामा छन्, उनी स्थित प्रज्ञ झैं । म फर्किएर विगतमा जान्छु । हाम्रो पहिलो चिनजान कसरी र कहाँ भयो ? मलाई त्यसको हेक्का छैन । यिनी ब्लड बैङ्कमा जागिरे थिए र विजयपुर साप्ताहिक पत्रिकामा सहसम्पादक थिए ।

उनी नै हुन्, जसले मलाई आज लेखनको यो रफ्तारमा ल्याउन पहिलो अवसर दिएका थिए । उनले मेरी ठुली छोरी जन्मिदा लगाएको गुण म कहिल्यै बिर्सन सक्दिन । त्यसपछि भने म उनको नजिकको मित्र बन्न खोजँे । अहिले सम्झिदा म स्वार्थी थिएँ । जसलाई उनको जोस, जाँगर, सेवाभाव र असल मित्रभावले पखाली दियो । उनको व्यक्तित्व, लगन, साहसले यस्तो पुष्टि गथ्र्यो कि असम्भव केही छैन ।

उनको छोटो समयको गति र प्रगति देखेर कोहि जल्थे भने कोहि पे्ररणाले बल्थे । हामी धरानबाट काठमाडौं गयाँै खाली हात । जानेक्रम पनि एक दुई दिनको फरकमात्र प¥यो । सङ्घर्षका ती कठिन दिनहरू कहाली लाग्दा थिए । तर उनी अलिकति पनि विचलित नभई लागि परिरहे । नभन्दै उनी इमेज एफ. एम. रेडियोका स्टेसन मेनेजर भए । अनेक गुणस्तरीय भिडियो गीतहरू बनाए । उनको आप्mनै स्टुडियो थियो ह्वाइट प्लस । आज उनी हामी माझ छैनन् । जीवन र मृत्युको यो रहस्यमय खेलमा कठपुतली बनेर भोग्नुपर्ने नियति वास्तवमै निर्दर्यी छ ।

कसैले स्वीकारोक्तिको पुराण लाउला तर जीन्दगी पाएर मृत्यु वरण गर्न बहुत कष्टकर हुन्छ । कठोर हुन खोज्छु, सक्दिन । पग्लिएर फेरि छताछुल्ल हुन्छु । वास्तवमा सुरजले मृत्युलाई जिते । मृत्यु उनको अगाडि पराजय भएकै हो । आज सुरजको भौतिक शरीर रहेन । तर उनी नाम जस्तै हामी बिच सदासर्वदा आकाशको सुरज भएर राप र ताप दिएर बसिरहने छन् । यसको आन्तर्य सायद मैले माथि नै भनिसके जस्तो लाग्छ । उनमा भएको जोश, जाँगर, लगनले बाटो बिराएका हरेक पथिकलाई मार्ग प्रशस्त गर्न सक्छ । यस कुराको पुष्टि हामीजस्ता निकटमा रहेर बस्ने जो कोही आत्मिक मित्रजनलाई छर्लङ्ग छ । एउटा विगत सम्झिन्छु, त्यति बेला उनी ब्लड बैङ्कमा कार्यरत थिए ।

उनले मलाई पनि सुनसरीको दुहवीको एक गाउँमा रक्तदान कार्यक्रममा लगे । कार्यक्रम सफलताका साथ सम्पन्न भयो । म चाहिँ रमिते मात्र । यतिकैमा एउटी बालिका रक्तदान दिन अघि सरी, उमेर, तौल, वयस्कता केहीले पनि उनलाई रक्तदान दिने हैसियतमा पु¥याएन । सुरजले ती बालिकाको रक्तदान अस्विकार गरे । तर, उनले जिद्धि गरिन् । पछि सुरजले जिद्धिको कारण सोध्दा उनले भनिन् रक्तदान गरेपछि फलफूल, दुध, जुस खान पाइँदो रहेछ । म मेरो सानो भोको भाइलाई दिन चाहन्छु । ती बालिकाको शब्दले हामी दुवैलाई निःशब्द र घायल बनायो । लाग्छ , ती बालिका एक प्रतिनिधि पात्रमात्र हुन्, अहिलेसम्म पनि हाम्रो समाज त्यसभन्दा माथि उठ्न सकेको छैन ।

सुरजले ती बालिकालाई भावविभोर भएर रक्तदान अस्विकार गर्ने सहमतिमा पेय तथा भोज्य पदार्थ दिए र मलाई भने–सन्तोष, कस्ता कस्ता राजनीतिक परिवर्तनहरू नेपालमा आए, नेताहरू आए तर हाम्रो नियति भने सधैं त्रासदीय रह्यो । आज एउटा सूर्य अर्थात् सुरज अस्तायो । तर, भोलि फेरि सूर्य उदाउनेछ । यो क्रम आदि अनादि कालदेखि चलिरहेछ । प्रकृतिको यो अकाट्य सत्यदेखि हामी कोही पनि अछुत छैनौं । संसार, अध्यात्म, भौतिकतादेखि लिएर यो सारा ब्रम्हाण्डको रहस्यलाई पर्गेल्ने सामथ्र्य सायद हामी मानव चेत भन्दा बाहिरको कुरा होला । अब हामीले यो एक दिन कुनै पनि बेला मरिजाने चेलाको पछि लागेर आँसु पिउनुभन्दा कठोर सत्यलाई आत्मसात गरेर संसारको रित चलाउनु सुखमय होला । त्यसैमा सुख बाँच्दा हुन्ती छोडेर जानेहरूले पनि । हामी सबै एउटा लामो पङ्क्तिमा उभिरहेका छौं, बस् † कोही अघि, कोही पछि ।

मिक्लाजुङमा खानेपानी ...

मधुमल्ला /  नेपालमा सुगम जिल्लाहरुको सुचि बनाउने ह ...

बालिका हराउनेक्रम बढ ...

  काठमाडाैं / पछिल्लो समयमा बालकभन्दा बालिक ...

दल बदलको राजनीति ...

हरेक चुनावका बेला राजनीतिक दलहरूबीच एउटा दलका कार्यकर्त ...

नेकपाले धरानको समृद् ...

– नेकपाले धरान उपमहानगरपालिकाको प्रमुख पदको उम्मे ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved