म्हः पूजा वा स्वदेह आत्मपूजा र नयाँ नेपाल संवत् बीच कुनै तरहको ताŒिवक अन्तरसम्बन्ध छैन ।
तस्मात् शास्त्रप्रमाणं तं कार्याकार्यव्यवस्थितौ ।
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ।(गीता,अध्याय १६)
(भावार्थ ः  प्रमाणअनुसार नै कार्यव्यवस्था भई कार्यहरू भइरहेका हुन्छन् भने शास्त्र र विधिअनुसार नै जानीकन कर्म गर्नुपर्दछ ।
प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यत्र साक्षिणौ ।  
मुलुकको ज्योतिषशास्त्र, धार्मिक मूल्य मान्यता एवं आध्यात्मिक दर्शनको नीति निर्देशनादि एक अर्काको परिपूरक हुनुका साथै सायन र निरयण व्यवस्थालाई अधिकमासको समायोजनद्वारा चान्द्रमासले समन्वय गरेको हाम्रो धर्म र संस्कृतिमा सामान्यतया तिथि क्षय वा वृद्धि नभै अहोरात्र (सूर्योदयदेखि रात्रीकालसम्म दिनरात) सम्बन्धित तिथिको मान प्राप्त भएको अवस्थामा चाड पर्वमा कुनै समस्या हुँदैन ।  जस्तो कि, अहोरात्र सम्बन्धित तिथि प्राप्त सूर्योदयकालीन नरकचतुर्दशीमा कुकुरपूजा, औंसीको बिहान गाईपूजा भई प्रदोष रात्रीकालमा देवी लक्ष्मीपूजा, कार्तिशुक्ल प्रतिपदाको विहान गोवर्धनपूजा भई अपरान्ह वा सायान्हकालमा म्हः पूजा र यमद्वितीयाका दिन मध्यान्ह वा अपरान्हकालमा भ्रातृपूजा हुन्छ ।  किनभने, तिथ्यादि एवं कालको प्रधानता र आधिपति चन्द्रमा भएकोले तिथ्यादि विशेष पर्व निर्दिष्ट विशेषकालमा नै गर्नुपर्ने हुन्छ ।  चन्द्रोदयको प्रदोषकालमा गर्नुपर्ने कर्म, कृत्यलाई केहीक्षण मात्र सूर्योदयमा प्राप्त तिथि नै दिनभर हुन्छ भन्ने कल्पना गर्नु ठीक होइन र यदि त्यसरी कल्पना गर्ने हो भने अन्य चाड, पर्व, कर्म, कृत्यादि विखण्डन हुन्छन् । त्यस स्थितिमा हाम्रा धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक नीति नियम सबै बिग्रने मात्र होइन ऐतिहासिकता पनि मासिने हुन्छन् ।  त्यसैकारणले, कहिले काहिँ तिथिको घडी पला घट्बढ् हुँदा पनि कर्मकाल व्यापिनी ग्राह्य एवं
कर्मणो यस्य यः कालस्तत्कालव्यापिनी तिथिः।
तया कर्माणि कुर्वीत ह्र्रासवृद्धी न कारणम् ।।
जुन कर्म जुन तिथि र समयमा गर्न निर्देश गरिएको छ त्यही समयमा गर्नुपर्दछ । कर्म गर्न तिथिको ह्रास वा वृद्धिलाई आधार मान्नु हुदैन । यही मान्यताअनुसार नै मुलुकका अद्वितीय ऐतिहासिक संस्कृति एवं धार्मिक र सांस्कृतिक पर्व सौर एवं चान्द्रतिथि अनुकूल प्रमाणिक रूपमा अद्यापि जोगाएर मानिदै आएका छन् । भनिएको पनि छ, ‘तिथ्र्योयुगम् महाफलम्’ ।  हाम्रा तिथि, नक्षत्रादिमा जति वैज्ञानिकता छन्, गते वा तारेखमा ती प्राप्त छैनन् ।  सरलता मात्र हेरेर हुँदैन, जप, तप, ध्यान, तपस्या, परिश्रम, आदिमा मिठा पुण्यफल पाउँछन् भन्ने बुझ्नु जरुरी छ ।  
कुनै पनि तिथिपरक चाड्, पर्व, पूजा, कृत्यादि सम्बन्धित् तिथिक्षय, वृद्धिका कारण पूर्वविद्धा वा परविद्धा तिथि लिनुपर्नेमा सोही अनुसार र अन्य सामान्य कर्ममा सूर्योदयकालीन तिथिमा हुने शास्त्रसम्मत व्यवस्था छ ।  जस्तो कि,
‘अहःसु तिथ्यः पुण्या कर्मानुष्ठानतो दिवा ।
नक्तादि व्रतयोगे तु रात्री योगी विशिष्यते ।।’ निर्णयसिन्धु (अर्थात्, कर्मकाण्डको लागि परविद्धा लिई रात्रीमा गर्नुपर्ने कर्म पूर्वविद्धामा सम्पन्न गर्ने) ।  तेस्तै,
या तिथि समनुप्राप्य उदयं याति भाष्करः,
सा तिथि सकलाज्ञेया स्नानदानादिकर्मषु ।  
(अर्थात्, सूर्योदयकालीन तिथि सामान्य स्नान, दान, जप, तप, आदिको लागिमात्र ग्राह्य हुन्छन्) ।  यदि कार्तिककृष्ण अमावस्या तिथि सूर्योदयदेखि प्रदोष रात्री निशाकालसम्म देखिएमा निसन्देह प्रातः गौःपूजन र प्रदोष निशाकालमा महालक्ष्मीपूजा गरी सुखरात्रि मनाउनुपर्छ र भोलिपल्ट कार्तिकशुक्लपक्ष प्रतिपदातिथि सूर्योदयदेखि प्रदोष रात्रीकालसम्म देखिएमा प्रातः नेपालसम्वत् नववर्षारम्भ, गोवद्र्धनपूजा र चन्द्रोदय अपरान्हकाल वा सायन्हकालमा म्हःपूजा (स्वदेह आत्मपूजा), बलिपूजा सहित दीपमालिका गरी सुखरात्रि मनाइन्छ ।  कारण, जुन कर्म जतिखेर गर्नुपर्ने हो, उसैबेला गर्नुपर्छ ।  किनभने, शास्त्रले उचितकालमा गरेका कर्मको मात्र उत्तम फल मिल्ने बताएर उचित काल निर्देश पनि गरेको छ । सूर्योदयकालमा केही क्षणको कमजोर तिथि दिनभरको लागि हुन्छ भन्ने कुरो शास्त्रविहित होइन । ‘सा तिथि उदिते रवौ’ भन्ने वैदिक प्रमाण वैदिक आचारको लागि मात्र हो र यस म्हः पूजा (स्वदेह आत्मपूजा)मा वा तन्त्रपूजाविधिमा त्यो प्रमाण ग्राह्य हुदैन ।  व्रत, उपवास, स्नान, दान, आदि जस्ता नियमित तथा अन्य सामान्य कर्मादि जस्तै आमाबाबुको मुख हेर्ने, देवदेवीको जात्रा, काक, श्वान र गौपूजन, आदिको लागि सूर्र्योदयकालीन तिथि नै लिइन्छ ।
त्यसरी नै, कोहीले उदयव्यापी नरकचतुर्दशीमा चर्पीमा बत्ती राख्ने समय लक्ष्मीपूजा गर्नु हुँदैन भन्छ भने त्यो पनि सत्य होइन, गलत हो ।  यमराजको दूत स्वरूप कुकुर हुने हुनाले कुकुरलाई र महादेवलाई १२ चरय् चतुर्दशीमा प्रत्येकमा एक न एक रूपमा महादेवलाई पूजिने हुँदा यस नरक चतुर्दशी तिथिमा धर्मराजको रूपमा समेत महादेव रहने हुँदा महादेवलाई बत्ती दिने र पूजिने गर्दछ, ता कि, पितृगणले मुक्ति पाऊन्् ‘दत्तोदीपःचतुर्दश्यां नरक प्रीतये मया । चतुवर्ति समायुक्तं सर्वपापापनुतये ।’ ।  यसरी नै नरकचतुर्दशीमा घरमा बत्ती बालेमा पितृगणहरू नरकमा रहनुपर्ने छैन । चतुर्दशीमा दीपदान  गर्नाले तिनका पितृहज्ञले नरकमा वास गर्नुपर्दैन भनेर कर्मप्रकाशमा पनि भनिएको छ ।
विशेष निर्देशित काल वा समयमा सम्पन्न गर्नुपर्ने धमर्, संस्कृति, कर्म, पर्वादि कृत्य पितृकर्मको लागि पनि प्रशस्य हुन्छन् ।  ती कुनै सौर्यमान अनुसार सौर ऋतु, दिन र राशीपरक हुन्छन् भने कुनै चान्द्रमान अनुसार चान्द्रऋतु, तिथि र नक्षत्रपरक हुन्छन् ।  हाम्रा अधिकांश पर्व तिथिपरक अर्थात् चान्द्रमास प्रधान छन् ।  त्यसैले त, द्विविधा हटाउन शास्त्रले तिथिकाल र तिथि तथा व्रतादि कर्म गर्न उपयुक्त र स्पष्ट निर्देशन गरेको छ । फरक फरक कर्म गर्न फरक काल र विधि अपनाउन निर्देश गरेको छ । यसरी स्पष्ट व्यवस्था गरी मानवजातिलाई सरल तरिकाले सचेत गराएका छन् शास्त्रले । तिनले निर्दिष्ट गरेका अन्य पनि छन्, याहां सबै उल्लेख गर्न स्थानाभावका कारण सम्भव हुँदैनन् ।  
तसर्थ, १. सूर्योदयकालमा कार्तिक कृष्ण चतुर्दशी तिथिका दिनमा अमावस्या तिथि प्राप्त भएमा उक्त अमावस्या तिथिको प्रदोष रात्रीकालमा नै देवी महालक्ष्मी वा लक्ष्मीपूजा गर्नुपर्ने हुन्छ (घरकी कूलबधु गृहलक्ष्मीले विशेष किसिमले घरको मूल ढोकादेखि ढुकुटी वा मूलस्थानसम्म नटुटाईकन लिप्ने कार्य गर्दछिन् भने कोहीले देवीलक्ष्मी आगमनको प्रतीकको रूपमा स्त्री पदचिन्ह छाप पनि हाल्छिन् र ठाउँठाउँमा देवीलक्ष्मीको निमित्त दीप पनि दिने गर्छिन् ।  कोहीले यही समयमा आफ्नो वार्षिक हिसाब किताबसमेत राफसाफ गरी चालू वर्षको बहीखाता बन्द गर्ने गर्दछन् ।  कारण, यो दिनमा नै राष्ट्रिय विभूति शङ्खधर साख्वाः का कारण जनताको ऋणमोचन पनि भएको थियो ।  
२. भोलिपल्ट सूर्योदयकालीन औंसी तिथि प्राप्त दिनमा बिहान गौपूजन गर्ने र कार्तिकशुक्ल प्रतिपदातिथि प्राप्त चन्द्रोदयका साथ अपरान्ह वा सायङ्कालमा दीपमालिका सहित म्हः पूजा (स्वदेह आत्मपूजा), बलिपूजा गरी सुखरात्री मनाइन्छ र चान्द ्रतिथिगत गणनाले नेपाल संवत् नयाँ वर्ष प्रवेश (स्पर्श) हुन्छ ।  यसको भोलिपल्ट कार्तिकशुक्ल प्रतिपदा तिथि प्राप्त सूर्योदयकालीन समयबाट नेपाल संवत् नयाँ वर्ष विधिवत् रूपमा दिन आरम्भ हुन्छ ‘शुकल प्रतिपदि वत्सराम्भः, ता प्रतिपदौदपिकी ग्राह्याः ।।’ (वर्षकृत्यप्रदीपे)।ू यमद्वितीया तिथि प्राप्त मध्यान्ह वा अपरान्ह कालमा भाइटीका (दाजुकिजापूजा) गर्नुपर्छ ।
नेपालभाषाका पुराना हस्तलिखित थ्यासपूmहरूमा पनि ‘आश्विनकृष्ण चतुर्दशी नरकचतुर्दशी उदयसं तैलेनं स्नान । आश्विनकृष्ण अमावासी इन्दुस मुहत्र्त केल श्रीलक्ष्मीपूजा जुरो ।। थ्वनं संति सुखरात्री ।। थ्वनं संति यमद्वितीया ।। प्रादोे प्रमान मखो थ्व परिपाति न ।’  भनिएको पाइन्छ ।त्यसरी नै अर्र्काे थ्यासपूmमा कार्तिक शुक्ल प्रतिपदा ‘इन्दल सुखरात्री जुरो ।। संवछल केले दिन । प्रतिपदा केल्यं जुरो । कार्तिक शुक्ल द्वितीया कुन्हु यमदुराख जुरो।।’ भनेर माथि भनिएकै विषयलाई विस्तार गरिएको देखिन्छ । भक्तपुरका द्यःगुरुबाजेहरूको ग्रन्थमा पनि ूलक्ष्मीपूजा ‘अमावासि अस्तसं कार्तिकशुक्लया सुखरात्री धर्म पादो अस्तसंू ’ भन्ने छ ।  त्यसरी नै स्वन्ति नखः वा तिहार अखण्डित रूपमा लहरै तीन दिन चाड मनाएको उसबेलाका नेपालभाषाका विभिन्न थ्यासपूmहरू मध्ये मुहूत्र्त सहितको वाक्यांश उल्लेख भएको एउटा प्रमाण जस्ताको तस्तै उद्धृत गरिन्छ ः  
‘संवत् ७८४ आश्विणी कृष्ण चतुद्र्दशी उदयस तैलन स्नान ।  आश्विणी कृष्ण अमावासी इन्दुस मुहूर्त केलं श्रीलक्ष्मीपूजा .... जुरो ।।   थ्वन संति सुखरात्री ।।   थ्वन सन्ती यम व्दितीया ।।  लक्ष्मीपूजा ..... जुरो ।।  प्रादो प्रमान मखो थ्वपरिपाति न । ’
अतः यस वर्ष वि.सं. २०७६ मा कार्तिक १० गते आइतवार नरक चतुर्दशी तिथि बिहान ११।५० बजेसम्म र त्यस उप्रान्त औंसी तिथि भएकोले प्रातः कुकुरपूजा पछि प्रदोष निशाकालमा लक्ष्मीपूजा सहित दीपमालिका सुखरात्रि मनाएर भोलिपल्ट कार्तिक ११ गते सोमबार प्रातः ९।४३ बजेसम्म औंसी तिथि रहेकाले परविद्धा औंसीतिथिमा गौःपूजन गर्नुपर्ने हुन्छ । यसको शास्त्रीय कारण निम्न छ , ‘यथा दिनद्वये प्रदोषदर्शलाभे तु पूर्वदिने एव रात्रि सम्बन्धात् । या कुहुः प्रतिपन्मिश्र तत्र गाः पूजायेन्नृपः ।।’ निर्णयामृत ।(भावार्थ ः दुईदिन औंसी देखिएमा अघिल्लो रात्रीकालमा देवीलक्ष्मीको पूजा अर्चना गरेर दीपमालिका गर्ने र भोलिपल्ट बिहान प्रतिपदातिथि देखिने औंसीमा गाईपूजा गर्ने) ।  यस्तो स्थितिमा कोहीले आद्य लिनुपर्ने भयो भने सूर्योदयकालीन चतुर्दशीको प्रातः नित्य स्नानकालमा आद्य लिंदा ‘कार्तिककृष्ण चतुर्दश्यां परअमावस्यां तिथौ नित्यस्नानमहं करिष्ये’ भन्नु दोषमुक्त हुन्छ भने प्रदोषकालमा लक्ष्मीपूजा अनुष्ठानको निमित्त सङ्कल्प गर्दा ‘कार्तिक कृष्ण अमावस्यां तिथौ सर्वलोकहितार्थ श्रीमहालक्ष्मीपूजामहं करिष्ये’ भनी पूजा आराधना गर्दा शास्त्रोक्त विधिले नै सबैको कल्याण नै हुनेछ) ।  कार्तिक ११ गते सोमवार बिहान ९ः४४ बजे समयमा ने.सं. ११४० नववर्ष प्रवेश (स्पर्श) हुन्छ र अपरान्हकाल वा सायन्हकालमा म्ह ःपूजा (स्वदेह आत्मपूजा), बलिपूजासहित दीपमालिका सुखरात्रि मनाउनुपर्छ । कार्तिक १२ गते मङ्गलबार सूर्योदयकालीन प्रातः नेपालसम्वत् ११४० को प्रथम दिवस नववर्षारम्भ, गोवद्र्धनपूजा हुने र मध्यान्ह वा अपरान्हकालमा भाइटीका गरी यमद्वितीया पर्व सम्पन्न गर्नुपर्ने हुन्छ । यसको भोलिपल्ट देवीलक्ष्मीको पूजा गरी प्रसाद ग्रहण गरेर तिहार चाड वा स्वन्ति (स्वन्हुतिथि वा स्वन्हुति) नखः समापन गर्नुपर्ने हुन्छ ।  
महालक्ष्मीपूजा सम्बन्धी थप केही शास्त्रीय प्रमाण
पूर्वत्रैव प्रदोष व्याप्तौ लक्ष्मीपूजनादौ पूर्वा अभ्याङ्गस्नानादौ परा । (धर्म सिन्धु)
अमावस्या यदा रात्रौ दिवाभागे चतुर्दशी ।
पूजनीया तदा लक्ष्मी विज्ञेया सुखरात्रिका ।।
सुखरात्रौ प्रदोषे तु महालक्ष्म्याः प्रपूजनम् ।
कार्तिके कृष्णपक्षे तु प्रदोषे भूतदर्शयोः ।(कृत्यचिन्तामणि)
सुखरात्री विधान तु रात्रौ च कारयेत् बुधः ।
तस्मात् सर्व प्रयन्नेन कर्तव्या रात्रीव्यापिनी ।(वीरमित्रोदय)
ततः प्रदोष समये पूजयेदिन्दिरां शुभाम् ।  
कुर्यात् स्नानविधैर्वस्त्रै स्वच्छं लक्ष्म्या च मण्डपम् ।।
अद्र्धरात्रे भ्रमत्येव लक्ष्मी राश्रयितुं गृहान् ।
अतः स्वलङ्कृतां दीप्तां दीपं जाग्रज्जनोत्सवाः
सुधाधवलिता कार्य पुष्पमालोपशोभिता ।। (धर्म सिन्धु)  
म्हःपूजा (स्वदेह आत्मापूजा) सम्बन्धी थप केही शास्त्रीय प्रमाण ः  ‘आत्मानं रथिनं विद्धि शरीरं रथ्यमेव तु ।’  अर्थात्, आत्मा सारथी र शरीर रथ भएकोले आत्माले जाहाँ लग्यो शरीर पनि उतै जान्छ, आत्मा विना शरीरको कुनै महŒव छैन र शरीर विनाको आत्माको पनि कुनै सार्थकता हुँदैन । त्यही भएर तिथि देवताका शरीर भएकाले तिथि नक्षत्रमा आक्षित भएका हुन् । त्यही कारणले नै शुभकर्म गर्न तिथि नै प्रशंसनीय मानिएका हुन् ।
तत्कालीन नेपालमण्डलमा नेपालभाषाभाषी नेवारहरूले पौराणिक कालदेखि नै दैविक, आध्यात्मिक एवं तन्त्रोक्त विधिविधानपूर्वक एवं ज्योर्तिविज्ञानसम्मत पूजिंँदै आएको म्हः पूजा (स्वदेह आत्मापूजा)को काल महिना, दिन र समय निर्धारित भएको छ ।  शास्त्रमा म्हःपूजा वा स्वदेह आत्मापूजा गर्नाले भगवान विष्णु जस्तै तेजिलो हुने लगायत पुण्यफल प्राप्त भई फलिफाप हुने विषय वर्णित छ । सबै शास्त्रहरूमा लक्ष्मीपूजा र म्हःपूजाको समय, विधि तथा महŒवलाई सर्वोपरि स्थान दिइएको पाइन्छ ।
सुखरात्रि विधानं तु रात्रौ च कारयेत् बुधः ।
तस्मात् सर्वप्रयत्नेन कर्तव्या रात्रिव्यापिनी ।
वत्सरादौ बसता दौ बलिराज्य तथैव चः ।
पूर्वविद्धैव कर्तव्या प्रतिपत् सर्वथा बुधैः (वीर मित्रोदय)  
शुक्ला प्रतिपदा अपरान्हव्यापिता पूर्वा ग्राह्या ।
प्रतिपत्सम्मुखी कार्या या भवेदापरान्हिकी ।। (निर्णय सिन्धु)
लभ्येत यदि वा प्रातः प्रतिपद् घटिकाव्दवम् ।
 चन्द्रोदय तदा कुर्यात् पूर्वेद्युः विधिपूर्वकम् ।।
प्रतिपद द्वितीया मिश्रा सुखरात्रि करोति चेत्
तस्य प्राणार्थनाशः स्यादिति जानीहि मानवः।(वीरमित्रोदय)
प्रतिपदि ब्राह्मणश्चापि गुडमिश्रैः प्रदीपकैः ।
वासोभी रहतैश्चापि सगच्छेद् ब्रह्मणः पदम् ।।
गन्धैपुष्पैर्नवैर्वस्त्रैरात्मानं पूजयेच्च यः ।
तस्यां प्रतिपदायां तु स गच्छेद् ब्रह्मणः पदम् ।।
महापुण्या तिथिरियं वलिराज्यप्रवर्तिनी ।
ब्रह्मणः सुप्रिया नित्यं वालेया परिकीर्तिता ।।
ब्राह्मणान् पूजयित्वास्यत्मानं च विशेषतः ।
स याति परमं स्थानं विष्णोरमिततेजसः ।। (भविष्यपुराणे)
कार्तिके शुक्लपक्षेतु प्रथमे हनि सत्यवत् ।
श्रोतव्यं गीतवाद्यादिर्मनुलिप्तैर्मनोहरैः ।।
विशेषतस्तु भोक्तव्यं प्रशस्तैर्वान्धवै सह ।
तस्यां निशायां कर्तव्यं शøयास्थानं सुशोभनम् ।।
दयिताभिश्च सहितैर्नेया सा रजनी शुभा ।
नवैर्वस्त्रैश्च संपूज्या द्विजसम्बन्धिबान्धवाः ।।
कार्तिके शुक्लपक्षे तु प्रतिपद्रात्रिव्यापिनी ।
कर्मणो यस्य यत्कालं तत्कालव्यापिनी तिथिः। (कृत्यचिन्तामणिः)
अथ कार्तिकमासस्य शुक्ल प्रतिपदीशवरी ।
सनातवाचम्य विशुद्धात्मा न्यासान् कृत्वा पुरोदितान् ।।
प्रसुप्ते जीवलोके तु मुदितात्मा महानिशि ।
पूर्वार्चनोक्तविधिना सर्वद्रव्यसमन्वितः ।।
आज्येनानामिकास्थूलवत्र्तिं प्रज्वाल्य पार्वति ।
पञ्चवर्णरजश्चित्रवसुपात्र सरोरुहे ।।
मधुपूर्णे च कलशे कांस्य पात्रे मनोहरे ।
दीपं संस्थाप्य पुरत उत्तराभिमुखस्थितः ।।
दीपे सवांं देवीं ध्यात्वा विधिवदर्चयेत् ।
यौवनोल्लाससहितो दीपस्थां देवतां स्मरन ।।
अष्टोत्तरसहस्रन्तु जपेन्मन्त्रमनन्यधीः ।
एवं कृते वत्सरान्ते सर्वान् कामान् समश्नुते ।।
(कुलार्णव तन्त्र दशम उल्लासः)
वर्षबन्धनकर्म च फलं विन्दति मानवः ।
यसरी विभिन्न धर्मशास्त्रहरूमा स्पष्ट विधिनिर्देशसहित म्हःपूजाको र लक्ष्मीपूजाको महŒवमाथि प्रकाश पारिएको पाइन्छ ।
भ्रातृपूजा सम्बन्धी थप केही शास्त्रीय प्रमाण  
द्वापरयुगमा कार्तिकशुक्ल द्वितीया तिथिमा दाजु यमराज बहिनी यमुनाको घरमा आउनु भएको हुँदा बहिनी यमुनाले दाजुलाई पूजा गरी ठूलो सत्कार गरेकी थिइन् र सो वापत यमराजले पनि दुईवटा वर दिएका थिए आजको दिन दाजुभाईलाई पूजा गरेमा दिदीबहिनीले वैधव्य स्थिति भोग्नु पर्दैन र दाजुभाइको आयु पनि क्षय नहोस् अर्थात् अकाल मृत्यु नहोस् ।  यमद्वितीयाको दिन मध्यान्हः वा अपराह्नःकालमा यमको पूजा गर्ने शास्त्रीय वचनानुसार भ्रातृपूजा अर्थात् दाजुभाइको पूजा काल मध्यान्ह व्यापिनी वा अपरान्ह व्यापिनी द्वितीया तिथि नै हो ।  
यमद्वितीया तु प्रतिपद्युता ग्राह्योत्युक्तम् (निर्णयामृते, निर्णयामृतादौ) ।
यमद्वितीया अपरान्हव्यापिनीति दक्षिणात्याः, मध्यान्ह व्यापिनी ग्राह्या (हेमाद्र्यनुयिनाम्) ।  
प्रतिपद्युतायां द्वितीयायां भोजनकालप्राप्तौ सैवादरणीया, अन्यथा परेति सिद्धान्तः (कृत्यचिन्तामणि) ।  
यमद्वितीया मध्याह्नव्यापिनी पूर्वविद्धा चेति (निर्णयसिन्धु, हेमाद्रिः) ।
उदये द्वितीया किञ्चित्, सकला तृतीया यदि ।
मध्यान्हं द्वितीयां त्यक्त्वा या कुर्यात् भ्रातृपूजनम्
सा याति नरकं घोरं, पतिपुत्रौ विनश्यतः ।(रत्नावली ग्रन्थ)
अत्रविशेषोस्कन्दे उर्जेशुक्ल द्वितीयायां अपरान्हेर्चयेद्यमम् । स्नानं कृत्वा भानुजायां यमलोकं न पश्यति ।। (सत्कर्मरत्नावली, उत्तर भाग)
यत्नेन भगिनी हस्तात् भोक्तव्यं पुष्टिवद्र्धनम् ।
यावन्मण्डल तैलस्य तावज्जीवति मानवः ।।
तस्मात् अत्रैव तैलेन मण्डनं क्रियते बुधैः ।
पूजयेत् यमरूपं च भ्रातरं चित्रगुप्तकम् । (नेपालवर्षक्रिया)
यमद्वितीया तु प्रतिपद्युता ग्राह्या इत्युक्तं ।  (निर्णयामृते)
कार्तिकस्य सिते पक्षे द्वितीया यमसंज्ञिता ।
तत्रापरान्हेः कर्तव्य सर्वथैव यमार्चनम् ।।
अतः उपरोक्त भनाइ बमोजिम कर्मकाल निर्देशित भएकोमा भाइटीकामा सोही अनुसार कालव्यापिनीतिथि लिनुपर्छ र तिथि क्षय वृद्धिलाई वास्ता गर्नुपर्दैन ।  तिथिको चन्द्रोदय कालमान समाई श्रद्धापूर्वक एवं गाम्भीर्यतापूर्वक दैविकी, अध्यात्मिक र तन्त्रोक्त विधिविधानले युक्त भई गरिने अद्वितीय तन्त्रोक्त, अध्यात्मिक एवं पौराणिककर्म तिहार चाड अर्थात् स्वन्ति (स्वन्हुति वा स्वन्हुतिथि) नखः हो ।  हाम्रा शास्त्रीय व्यवस्थाहरू प्राकृतिक वस्तुस्थिति अनुरुप र लोककल्यणकारी हेतु हुनुकासाथै कालगणना पद्धति पनि प्रकृतिसम्मत र वैज्ञानिक नै भएकोले आफ्ना परम्परागत चाड पर्व र संस्कार जोगाउने जिम्मा हामी आपैm नेपालभाषाभाषी नेवारहरूको रहेको र हचुवाको भरले नभई प्रामाणिक तवरले सोको कर्म र कृत्य गरी परम्पराको वैज्ञानिकतासमेत बुझ्न प्रयत्न गर्नुपर्दछ ।  पञ्चाङ्गको प्रकाशन पनि यसैको लागि हो ।  आफ्ना धर्म संस्कृति परम्पराको अनुपालनका लागि उद्बुद्ध व्यक्तिहरू यस्ता विषयमा सचेत र विशेष अध्ययनशील हुनु जरुरी छ ।  यस्तो शास्त्रीय एवं ऐतिहासिक विषयमा कहिल्यै पनि अन्य विषय जस्तो संस्कृतिलाई पनि फ्यूजन गर्ने गल्ती गरियो भने विकृतिलाई नै बढावा दिने कार्य हुन्छ ।  
साथै, सय वर्ष अघिका नेपाली पात्राहरू अध्ययन गरिँदा पनि अखण्डित रूपमा रहेको स्वन्हुतिथि वा स्वन्हुति अर्थात् स्वन्ति नखः तिथि घट्बढ् हुंदा पनि क्रमैसंग अहिले कै जस्तो स्थिति वि.सं. १९६२, १९६६, १९६९, १९७१, १९७२, १९९०, १९९१, र २००५ लगायत यसपछिका वर्षहरूमा पनि कहिलेकहीँ भएका थिए ।  यसरी नै वि.सं. १९८५, १९८६, १९९५ र १९९६ वर्षहरूमा पनि अहिलेकै जस्तो अवस्था रहेको तर, १९८५ मा सूर्यग्रहण परेका कारण लक्ष्मीपूजा र म्हःपूजा बीच एक दिन खण्डित गरी म्हःपूजा भोलिपल्ट सारेको पाइयो भने, १९८६ मा लक्ष्मीपूजा र म्हपूजा वीच तथा १९९५ र १९९६ मा पनि म्हपूजा र भाइटीका बीच विना कारण एक दिन खण्डित गरिएको पाइयो । जसले गर्दा शास्त्रानुसार गलग्रह दोष (अर्थात्, आरम्भ गरेका भोलिपल्ट गर्नुपर्ने त्यो कर्म कृत्य नहुनाले वा क्रमभङ्ग भै कृत्य टुट्नाले हुने तिथि विशेष दोष) राष्ट्रर जनताले भोग्नुपर्ने स्थिति पैदा भएको थियो ।  कुनै पनि कुरा नीतिगत आधार प्रमाण, निर्देशन र नियम भित्र रही कार्य गर्नाले उचित फलको आशा गर्न सकिन्छ र यसको विपरित भएमा अशुभ पनि हुन सक्छ ।  
अर्को स्मरणीय विषय के हो भने, म्ह ःपूजा (स्वदेह आत्मापूजा) र नेपाल संवत् बीच कुनै तरहले पनि ताŒिवक अन्तरसम्बन्ध छैन । कारण, म्हःपूजा वा स्वदेह आत्मापूजा चल्दै आएको ५,००० वर्ष भन्दा बढी भैसकेको भन्ने भविष्यपुराणले नै बताउँछ भने राष्ट्रिय विभूति शङ्खधर साख्वाः कालको नेपालसंवत् भर्खर ११३९ वर्ष पूरा हुँदै छ, जसलाई म नयाँ नेपालसंवत् भन्न रुचाउँछु ।  किनभने, संवत् अध्ययनको सिलसिलामा हाम्रो देशमा करिब ६,६०० वर्ष भन्दा बढी झण्डै ७,५०० वर्ष पुरानो विभिन्न नामका नेपालको आफ्नै प्राचीन नेपालसंवत्हरू पनि प्रचलनमा रहेको हामी पाउँछौँ ।  हाम्रो देशमा धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक पर्वअन्तर्गत तिहारमा मनाइने लक्ष्मीपूजा, म्हःपूजा, नेपालसंवत् र भ्रातृपूजा बाहेक पनि अन्य थुप्रै चाड पर्वहरू छन्, एउटालाई छोयो भने त्यस्तै अन्यलाई के गर्ने भन्ने सवाल उठ्न सक्छ ।  धर्म, संस्कृति र आध्यात्मिकतामा राजनैतिक वा अन्य कारणले जबर्दस्त फ्यूजन गरेर विज्ञानलाई चुनौती दिने प्रयासले भविष्यमा नसोचेको थप विकृति र विचलन आउने सम्भावना रहन्छ ।  अतः एउटै एकादशी तिथि पनि दुई थरीले दुई भिन्न दिनमा मान्नुको सटृा ज्योर्तिगणितीय आधारमा एउटै हुुनुपर्दछ र विभेद हटाउनुपर्छ भनी आवाज उठिरहेको बेला फेरि उस्तै खाले समस्या सिर्जना हुन दिनु उचित होइन । हाम्रोमा काल विशेषका चाड पर्वहरूको कर्म कृत्य कतिखेर के, कुन चाहिँ कहिले गर्ने भनी तोकिएका छन् ।  वेद र धर्मशास्त्रोक्त कर्महरूमा चान्द्र ऋतुको स्मरण श्रेष्ठ हुने हुनाले धर्मको मर्मलाई मात्र होइन चाड पर्वहरूको गौरवलाई समेत कसरी पुनःस्थापित गर्न सकिन्छ सोच्नु जरुरी छ ।  साथै, सौर एवं चान्द्र ऋतुको वास्तवितालाई सबैले बुझ्नु जरुरी छ ।  
अन्तमा, माथि संस्कृतभाषा र नेपालभाषामा उल्लेखित शास्त्रीय एवं थ्यासपूmका आधार प्रमाणहरूका भावार्थ स्थानाभावका कारण याहाँ उल्लेख गर्न सकिएन ।  सोधी खोजी गरी बुझ्न अनुरोध छ र आवश्यक भएमा यसभन्दा अझ विस्तृत रूपमा स्वन्ति तिहारको समयमा प्रस्तुत गर्नेछु ।  अस्तु ।  
(सदस्य, नेपाल पञ्चाङ्ग निर्णायक समिति
सदस्य, पञ्चाङ्ग निर्देशक समिति, नेपाल संस्कृत विश्वविद्यालय)