लक्ष्मीमार्ग । मोरङको बेलवारी १० भाउन्ने स्थीत रहेको सिर्जना पार्कमा शनिवार देखी धनबहादुर याखाको एकल चित्रकला प्रदर्सनी कार्यशाला शुरु भएको छ ।

एक हप्ता सम्म चल्ने कार्यशालामा बिभिन्न किसिमका २५ वटा चित्र रहेका छन् । उक्त कार्यशालामा नगद १५ हजार रुपैया देखी नगद ७५ हजार रुपैया सम्मको चित्रहरु प्रदर्शनीमा राखिएका छन् । उक्त कार्यशालामा बिक्री भएर आएको सम्पुर्ण नगद भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकपलाई हस्तान्तरण गरीने धनबहादुर याखाले बताए । एक नम्वर प्रदेशका सांसद लोक प्रसाद संग्रौलाले कार्यशालाको उद्घाटन गरेका थिए । संग्रौला संगै नेपाली कांग्रेशका नेता डा. सुनिल शर्मा, बसन्त भटराई लगायतले चित्रकलाको अवलोकन समेत गरेका थिए ।

सोहि स्थानमा गत फागुन ४ गते देखी २१ गते सम्म ढुंगामा अन्र्तराष्ट्रिय मुर्तिकला कार्यशाला समेत भएको थियो । नेपाल सहित छ देशका मुर्तिकारले ढुंगामा आफ्नो कला प्रस्तुत गरेका थिए । उक्त कार्यशाला सञ्चालन अवधिभरमा पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्रीहरु लगायतले अवलोकन गरेका थिए । सो वन क्षेत्रको ३३ विगाहा क्षेत्रमा पार्क निर्माण सुरु गरिएको हो ।

त्यहाँ नेपालसहित भारत, जापान, जर्मनी, बंगालादेश र इटाली देशका ४२ जना मूर्तिकारले ५० वटा ढुंगाको मूर्ति निर्माण गरेका छन् । करिब रु १ करोड ८४ लाखको लागतमा पर्यटकलाई आकर्षित गर्ने हेतुले पार्क निर्माण अभियान सुरु गरिएको पार्कका अध्यक्ष जाँचमान याखाले बताए ।