मधुमल्ला । मोरङको उलाबारी नगरबापलीका वडा नं. ३ मा रहेको मदन भण्डारी पार्क पछिल्लो समय आन्तिरीक तथा बाह्यि पर्यटकका लागी आर्कषक पर्यटकीय केन्द्र बन्दै गएको छ । जननेता मदन भण्डारीको नाम बाट स्थापित भदन भण्डारी संग्राहालय मदन भण्डारीको जिवनी बुझ्न चाहानेहरुका लागि झनै उपयोगि छ ।

यस आर्थिक बर्षको साउन महिनामा उद्यानमा १ हजार ५ सय र भदौमा ७ सय जनाले अबलोकन गरेको छन् । भने असोज महिनामा मदन भण्डारी प्रतिष्ठानको बाल उद्यान र म्युजीयमा दुई हजार सातसय जनाले अवलोकन गरेकाछन ।

प्रतिष्ठानले मदन भण्डारी संग्राहलयमा, मदन भण्डारी संग्राहालय संगै बालबारीकाहरुका लागी बाल उद्यान र पुष्प वाटिका निर्माण गरे संगै दैनिक आउने आन्तरीक तथा बाह्यि पयर्टकहरुको संख्यामा बृद्धी भएका प्रतिष्ठानका कर्मचारी गणेश घिमीरेले बताए ।

जननेता मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारी नगरपालिका वाडा नं. ३ मा मदन भण्डारी सङ्ग्राहलय निर्माण गरिएको छ । मदन भण्डारीको जन्मदेखि मृत्युसम्मका मुख्य मुख्य गतिबिधिलाई सङ्ग्राहलयमा समेटेर राखीएको छ ।  मदन भण्डारी संगा्रहालयको २०७४ सालमा राष्ट्रपति तथा मदनकी पत्नी विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । पुरातत्व विभागको आर्थिक सहयोगमा करिब तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले सङ्ग्राहलय निर्माण गरेको हो ।

सङ्ग्राहलय भवन भूकम्प प्रतिरोधात्मक क्षमताको तीन तले छ भने जसमा १६ कक्ष रहेको प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत मेघराज श्रीपालीले जानकारी दिए । संग्रहालय प्रवेशद्वारमा भण्डारी र उनी जन्मिएको ताप्लेजुङको ढुंगेसाँघु गाउँको तस्बिर र दुर्घटनामा परेको बा.अ.च ८७९३ नम्बरको जीप राखिएको छ ।

सङ्ग्राहलय प्रवेश गरिसकेपछि पश्चिमपट्टिको भित्तामा उनको व्यक्तित्व झल्काउने दश मिनेटको श्रव्यदृष्य प्रदर्शनी छ । त्यसमा नेता भण्डारी पहिलो पटक सात सदस्यीय नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएको लगायतका गतिबिधीहरू देखाइएको छ ।

शालिकसँगै बाल उद्यान पनि छ । बाल उद्यानमा बालबालिकालाई मनोरञ्जनका लागि विद्युतीय रेल,चिप्लेटी,पिङ, फूलबारी,पानीको फोहोरा लगायत रहेका छन् । बाल उद्यानमा खेल्न र रम्न मोरङको उर्लाबारी,पथरी,लेटाङ,मिक्लाजुङ,रतुवामाई,सुन्दर हरैंचाकासाथै झापा र सुनसरीका विभिन्न स्थानका बालबालिकालाई बिदाको समयमा मनोरञ्जनसँगै शिक्षामूलक स्थानका रुपमा मादन भण्डारी पार्क चिनिन थालेकोछ ।

करिब १ करोड लागतमा निर्माण भएको उक्त उद्यान बालबालिकाहरुको आकर्षणको केन्द्र बनेको छ । प्रतिष्ठानकै हातामा निर्मित स्लाईडिङ पुल अर्को आकर्षण बनेको छ । गर्मीको समय पौडीको मज्जा लिनका सर्वसाधारण आउने गरेको छन् । यसलेआन्तरिक पर्यटकको ध्यान खिचेको छ । दुई बिघा क्षेत्रफलमा रहेको प्रतिष्ठान हाताभित्र भण्डारीको पूर्णकदको शालिक, संग्राहलय र बाल उद्यानले आन्तरिकपर्यटकहरुलाई आकर्षित गरेको छ । विशेष गरेर शनिबार तथा विदाका दिन यहाँ आगन्तुक बढी आउने गरेका छन् ।