धरान । पर्यटनकहरुको आकर्षक रहेको ठाउँ पाटनको आफ्नो छुटै बिशेषता रहेको छ । नेपालको इतिहास क्षेत्र पाटनमा रहेको एैतिहासिक कलाकृती हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको भिड हुने गर्दछ ।

बिश्व सम्प्रदानको सुचीमा रहेको पाटन क्षेत्र काष्ठकला र मृर्तिकलाले प्रसिद्ध छ । २०७२ साल को भुकम्पले ध्वस्त पारेको यी सम्प्रदा पुन:निमार्ण भईरहे पनि पाटन क्षेत्रमा काष्ठकलाको काम गर्नै सिकर्मीको सख्या दिनदिनै घटी रहेको छ । त्यस मध्येका एक हुन राजेन्द्र बाराही । ४० वर्ष देखि काष्ठकलामा नै जीवन बिताउदै आएका बाराही काष्ठकलामा काम गर्नेहरुको संख्या दिन-दिनै घट्दै गएकोमा चिन्ति छन् ।

उनले बनाएका आर्कषक काष्ठकला नेपालमा मात्रै होइन विदेशमा समेत विक्रि हुने गरेको बताउछन् । आगमी दिनमा काष्ठकला सिक्न चाहनेका लागि स्कुल खोल्ने लक्ष्य बाेकेका उनी काष्ठकला प्रतिको रुची कमी भएका कारण  काष्ठकला सिक्नेहरुमा कमी हुदै गएको बताउछन् । सिप भएका सिकर्मीहरुले समेत यो पेशा छोडेर पलाएको भएका अवस्था रहेको राजेन्द बराहीको दुखेसो रहेको छ ।