यौनहिंसा विरुद्ध मानवसागर

alt
  • कार्तिक ३, २०७६
  • ११२ पटक पढिएको
  • रासस

जाग्रेब / पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन् । उनीहरुले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

महिला अधिकारवादीहरुको समूहले आयोजना गरेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले “महिलालाई न्याय दे, दोषीलाई कारबाही गर” भन्दै नारा लगाएका थिए ।

यसै महिनाको शुरुमा जाडारमा पाँच युवाको समूहले १५ वर्षीया एक युवतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो । अदालतले दोषी आरोपी सबैलाई अनुसन्धानका लागि ३० दिन थुनामा राख्न आदेश दिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई पर्याप्त अनुसन्धान गर्न र दोषी पाइए सख्त कारबाही गर्न माग गर्दै हजारौं महिला अधिकारवादी तथा आफन्तहरुले शनिबार राजधानी जाग्रेबको मध्य भागमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनकरीले “दोषीलाई कारबाही नहुनु आफैँमा अर्को अपराध हो” लेखिएको व्यानर पनि प्रदर्शन गरेका थिए । प्रदर्शनका आयोजकहरुले कानुनको शासन कायम गर्न पनि माग गरेका छन् । उनीहरुले यस मुद्दालाई अर्को अदालतमा लैजानु पर्नेमा जोड दिएका छन् ।

मिक्लाजुङमा खानेपानी ...

मधुमल्ला /  नेपालमा सुगम जिल्लाहरुको सुचि बनाउने ह ...

बालिका हराउनेक्रम बढ ...

  काठमाडाैं / पछिल्लो समयमा बालकभन्दा बालिक ...

दल बदलको राजनीति ...

हरेक चुनावका बेला राजनीतिक दलहरूबीच एउटा दलका कार्यकर्त ...

नेकपाले धरानको समृद् ...

– नेकपाले धरान उपमहानगरपालिकाको प्रमुख पदको उम्मे ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved