काठमाण्डौं । उधोग वाणिज्य संघ र होटल एशोसिएशन धनकुटामा आवद्ध उद्याेगी व्यवसायीहरूकाे एक टोली थाईल्याण्ड पर्यटकीय स्थलहरुको सातदिने अध्ययन भ्रमणको लागी शनिवार त्यस तर्फ प्रस्थान गरेको छ ।
पर्यटकिय स्थलहरुको अध्ययन भ्रमण टोलीको अगुवाई होटल एशोसिएशन धनकुटाका सदस्यद्धय होटल अञ्जुलीका प्रोपाईटर राजु श्रेष्ठ र लालीगुराँस होटलका प्रोपाईटर राजकुमार डंगोलले गरिहेका छन् । टोलीमा उधोगी व्यावसायीहरु धनकुटा–६ का गोपाल श्रेष्ठ, गीता श्रेष्ठ, धनकुटा–७ का विशेश्वर प्रसाद जोशी, सरिता जोशी, रिमा कर्मचार्य, ब्लाष्ट टाईम्स धनकुटा शाखाका प्रमुख एवं मननकामना कस्मेटिक एण्ड गिफ्ट हाउसका प्रोपाईटर सन्तवीर लामालगायतका रहेको छन् । त्यसैगरी भ्रमण टोलीमा व्यावसायीहरु शुशिल प्रधान,फूलमाया आले, प्रेमकुमारी राई, पञ्चमाया तामाङ, सावित्री शाक्य, हिसिला शाक्य लगायतका रहेका छन् ।

टाेलीले पर्यटकिय स्थलहरुको स्थलगत रुपमा गहिरो अध्ययन गरिने राजकुमार डंगोलले बताए । उनले पर्यटकहरुलाई आकर्षण गर्न कस्तो खालको सिप, विधि र प्रक्रिया रहेछ भन्ने वारे पनि अध्ययन गरिने वताएका छन् । टोलीको भ्रमण ७ दिनको रहने छ भने ट्राभल ३६५ पोखराले गरेको छ ।