विराटनगर ।  दिशामा पाइने जीवार्णु ‘कोलीर्फम’ भेटिएको विराटनगर – ७ बुद्धमिलन चौकस्थित ‘ॐ जे.के. पानी उद्योगका तीन जना संचालकलाई जिल्ला अदालत मोरङले ६ लाख धरौटिमा छोड्न आदेश दिएको छ ।
जिल्ला अदालत मोरङका न्यायधीश सूर्यप्रसाद अधिकारीको इजालशले उक्त उद्योगका संचालकहरू जीतेन्द्र यादव, कैशलेन्द्र कुमार कर्ण र ओमप्रकाश राउतलाई जनही २ लाख रुपैयाँ धरौटिमा छोडन आदेश दिएका हुन् ।

थुनछेक बहस सकिए लगतै धरौटिमा छोडन अदालतले दिएको आदेश आएपछि उनीहरूले जनही २ लाख रुपैयाँका दरले जम्मा ६ लाख रुपैयाँ बुझाएपछि बिहीबार धरौटिमा छुटेको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गत भदौ १७ गते उक्त पानी उद्योगमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा गम्भिर लापरबाहीपूर्ण तरिकाले पानी उत्पादन गरिएको भेटिएको थियो । शौचालयको सेप्mटी टयाङ्गकी (हर्ज) नजिक प्रशोधित पानी उत्पादन गरिने बोरिङ्ग मेसिन राखिएको फेला परेको थियो । खाद्य निरीक्षक शंकर न्यौपानेको नेतृत्वमा पुगेको अनुगमन टोलीले तत्काल सो उद्योगको पानी विक्री वितरण र उत्पादनमा रोक लगाएर नमुना संकलन गरि पिउने पानी परिक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पनि लगेको थियो ।

गत भदौ २२ गते आएको ल्याब परिक्षण रिपोटमा ‘ॐ जे.के. पानी उद्योगबाट उत्पादित हुने पानीमा दिशामा पाइने जिवार्णु ‘कोलीफर्म’ भेटिएको थियो । यस्तो जिवार्णु भेटिएको कालीफर्म युक्त पानी पिउँनाले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने चिकित्सकहरू बताउँछन् । शुद्ध पिउने पानी उत्पादनका लागि भन्दै ॐ जे.के. पानी उद्योगले उत्पादन गर्ने ‘एच टू’ पानी रहेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पानी उद्योगका संचालक सुनसरीको कोशी गाउँपालिका १ का २९ वर्षिय जितेन्द्र कुमार यादव, सप्तरीको कंकालिनी नगरपालिका १ का २७ वर्षिय ओम प्रकाश राउत र मोहतरीका २९ वर्षिय कैशलेन्द्र कुमार कर्णलाई प्रतिवादी बनाएको थियो । खाद्यले उनीहरूलाई प्रतिवादी बनाएपनि हाजिर जमनामा राखेको थियो । खाद्य निरीक्षकले एक महिना लगाएर उद्योग संचालकहरूको बयान र अनुसन्धान प्रक्रिया पूरा गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सरकारी वकिलको कार्यालय मार्फत मोरङ अदालतमा बिहीबार मुद्दा दर्ता गरेको थियो । अदालतमा मुद्दा दर्ता गरेको दिन ३ नम्बर इजालमा प्रतिवादीहरूको बयान भयो ।

बयान सकिएलगैत थुनछेक बहस भएको थियो । थुनछेक बहसमा वादीकोतर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका साहयक जिल्ला न्याधिवक्ता उमेश अधिकारीले गरेका थिए । थुनछेक आदेशपछि न्यायधीश अधिकारीले जनही २ लाखले धरौटिमा छोडन आदेश दिएका हुन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य ऐन २०२३ अन्तरगत ‘गुणस्तरहीन प्रसोधित पिउँने पानी उत्पादन तथा विक्री वितरण’ मा मुद्दा दर्ता गरेको थियो । खाद्यले उक्त ऐन अन्तरगत रहेर ५० हजार जरिवना, ५ वर्षसम्म कैद वा दुर्व सजायको माग दाबी गरेको थियो ।