इटहरी / इटहरी उपमहानगरपािलका –२ पानीपियामा दुर्घटना भएको छ ।
कोशी राजमागृको धरानबाट इटहरी तर्फ जादैं गरेको को ३६ झ ६८१७ नम्बरको कारलाई सोही दिशाबाट आउदै गरेको को ३६ प ३८४७ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार धरान १६ की शोभा राई घाइते भएकी प्रहरीले जनाएको छ । उनको हात र खुट्टामा चोट लागेको छ । धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । कार र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।