वास्तवमा चाडपर्व भनेको विश्ववासी सम्पूर्ण जनसमुदायीहरूले मनाउने पर्व हो । तर फरक यो हो कि विश्वमाआ-आफ्नै प्रकारको जातधर्म अनुसार मनाइने गरिन्छ । जस्तै : ख्रिष्टियन धर्मालम्बीहरूले आफ्नै मौलिकताअनुसार मनाउने गर्छन् भने मुस्लिमहरूले आफ्नै धर्म संस्कृतिअनुसारनै मनाउने गर्छन् र बौद्धधर्मावलम्बीहरूले पनिआफ्नैमौलिकताअनुसार चाडपर्वको अनुशासनमा रही रमाइलो गर्दै चाडपर्व मनाउने गर्छन् ।

तर हाम्रो महान् हिन्दुधर्ममा भने चाडपर्व मनाउनेक्रममाअलिक फरक र वास्तविक चाडपर्वको नीति–नियमभन्दा केही फरक ढङ्गले बाहिर गई मनाउने गरिन्छ । यसलाई सच्याउन जरुरी छ । यसैलाई भनिन्छ सभ्य चाडपर्व मनाऔं तर विकृति नबढाऔं । जस्तै आज म ५३ वर्षको उमेर पार गरी ५४औँ वर्षमा यात्रा गर्दै छु । यस क्रममा मैले जन्ने बुझ्ने भएको अवस्थादेखि आजसम्मको यात्रामाआउँदा मैले भोगेअनुसार चाडपर्व यसरी मनाइन्थ्यो । हिन्दुवादीहरूको चाडपर्व भनेको प्रत्येक वर्षको साउने सङ्क्रान्तिबाट चाडपर्वको क्रम शुरु हुन्थ्यो । शुरुमा नागपन्चमीबाट यसले केहीजनाउँथ्यो भने धार्मिक वेद ऋषिमुनिहरूबाट उल्लेख गरिएको किम्वदन्तीअनुसार ब्राह्मण जातिका पुरेतहरूले आफूलाई पुज्ने प्रत्येक जजमानहरूको घरघरमा गई नाग टाँसी चाडपर्व शुरु भएको सूचना प्रवाह गरिन्थ्यो । त्यसरी नै जनैपूर्णिमाको दिन नियमअनुसार प्रत्येक जजमानहरूको घर घरमा पुगी जनै धारण गरी रक्षाबन्धनको ऋषिडोरा बाँधेरआर्शीवाद दिँदै दाहिने हातमा बाँधिदिने चलनथियो ।

कुसेऔंशीका दिन प्रत्येक जजमानहरूको घर घरमा पुगी कुश भित्तामा सिउरी दिनेचलन थियो । नागपञ्चमीदेखि देशबासी नेवार जातिका जनसमुदायहरूले लाखेजात्रा गाई जात्रालगायतका हास्य कार्यक्रमहरूसमेत गरी रमाइलोसँग चाडपर्व मनाउने चलन थियो । उक्त कार्यक्रमलाई कृष्ण अष्टमीका दिन समापन गरिन्थ्यो । त्यसपछि कुशेऔंशी आउँथ्यो र त्यसको पर्सीपल्ट द्वितीयाका दिन प्रत्येक नेपालीहरूको पहिले महान् पर्व तिज मनाउने गरिन्थ्यो । भोलिपल्ट महिलाआमा, दिदीबहिनीहरूले हरीतालिका तिजको निराहार वर्त बसी पूजासमेत गर्ने चलन थियो तर, आजकल भने हाम्रा पुरेतहरूले समेत यी सबै कर्महरू नियमअनुसार गरेको पाइँदैन ।

यी संस्कृति र इतिहासहरू दुर्लभ पो हुने हुन् कि ? हिन्दु धर्म नै समाप्त हुने हो कि भन्ने अवस्था आउन सक्छ । त्यतिबेला विभिन्न चाडपर्वहरूमा मिठोमसिनो खानका निमित्त चाडवाड नै पर्खिनुपथ्र्यो । तिज मनाउनको लागि टाढाटाढाबाट आप्mना चेलीबेटीहरूलाई माइतीमा ल्याएर दर खुवाउने चलन थियो । र तिजको महŒव छुट्टै थियो । त्यस बेलामा हरेक बुहारीहरूले सासुको खटन पटन सहनुु पर्दथ्यो । घरबाट बुहारीहरूलाई धेरैमा ५ दिनको नभए ३ दिनको मात्र बिदा दिने गरिन्थ्यो । किनकी त्यसबेला घर व्यवहारमा सबै सात पत्रे कामहरू बुहारीहरूले नै गर्नुपर्दथ्यो । बर्खाभरिको मानो खाएर मुरी उब्जाउने कामत्यतिबेलाको गाईभैंसी , बाख्रापाठालगायत खेतीबारी नै मुख्य पेशा हुने गथ्र्याे । सोहीअनुसार नै कामधाम मनग्गे गर्नुपर्दथ्यो । दर खाने सन्दर्भमा त्यसबेला समय हेर्ने घडी एकदमै दुर्लभ मानिन्थ्यो ।

कतिलाई त घडी भनेको के हो थाहा नै हँुदैन्थ्यो । त्यस कारण बेलुकी को बाख्रा हुल्ने बेलामा अथवा अहिलेको करिब ५ बजेतिर दर खाइन्थ्यो । त्यतिबेलाको दरको परिकार भनेको चामलको भात, दही, ध्यु, दुध र दुधबाट बनेका परिकार खिर ढकने र दाल तरकारी र विभिन्नप्रकारका अचारहरू हुने गर्थे । पुनः राती उठेर आधा रातमा अर्को दर खाइन्थ्यो जसका परिकार माथिउल्लेख भएबमोजिम नै हुनेगर्दथे । हुनेखाने व्यक्तिहरूले खीर ढकनी तथा दुधबाट बनेका परकिारहरू र गरीब दुखीहरूले पनि सामान्यदाल, भात, तरकारी र अचारका परिकारहरु खाने गरिन्थ्यो । त्यो पनि बिहान भाले बास्ने बेलाभन्दा धेरै अधि नै खाइ सक्नुपथ्र्यौ । हिन्दु महिलाहरूले भोलिपल्ट निराहार व्रत बस्नुपथ्र्यो र छोरीचोलीहरूले घरबाट पाएको बिदा पनि सकिँदै जान्थ्यो । पर्सि पल्ट नरमाइलो मान्दै लखतरान परेर लुरुलुरु घर फर्किनुपथ्र्यो ।

तुरुन्तै १५दिन पछि सोह्र श्राद्घ शुरु हुन्थ्यो । हामी नेपालीहरूले मानिआएको चलन पितृ मोक्षका लागि ज्ञात अज्ञात पितृहरूको सम्झनामा श्राद्घ गर्नुपथ्र्याे । एवम् प्रकारले १६ दिनमा पितृ समापन गरेपछि जमरे औंशी आउँथ्यो । घटस्थापनाका दिन देखि हिन्दु नेपालीहरूको सबैभन्दा महान्एवम् ठूलो चाड बडादशैं शुरु हुन्छ । त्यस दिनदेखि नवमीसम्म शक्तिकी देवी नवदूर्गा भवानीको पूजाअर्चना गर्न शुरु हुन्थ्यो । प्रत्येक दिन नवमीसम्म शक्तिकी देवीका नौ रूप हुनाले नवांै दिनसम्मको पूजाको आआफ्नो अर्थ र नाम हुन्थ्यो र सोही अर्थ र नामअनुसार प्रत्येक दिन पूजा गरिन्छ र सप्तमीका दिनअथवा फूलपातीका दिन विभिन्न धार्मिक मठमन्दिरहरू र किराँत तथा नेवारजातिहरूले टोलटोलमाआपनो संस्कार अनुसार बोका, राँगाहरूको बली दिने चलन थियो र छ । भोलिपल्ट महाअष्टमीका दिन घरभित्रको भण्डारको एक कोठामा बोकाहरूको बली दिंदै महाअष्टमीमा देवीको पूजा गरिन्थ्यो । साँझतिर पूजाअर्चनागर्दै मालश्री गाउने चलन थियो । भोलिपल्ट महानवमीका दिन प्रत्येक घरघरको आँगनमा बडेमानका बोका राँगा, कुखुरा र हाँसहरूको बली दिंदै नवदुर्गा भवानीको पूजा गरिन्थ्यो ।

घरघरमा जमरा राखी फुलबारीमा सुनकेवरा भन्ने सुगन्धित फुलहरू फुल्ने गर्र्थेे । भोलिपल्ट विजयदशमीका दिन बिहानैदेखि सबैजना नुहाइधुवाइ गरी विजयदशमी टीकाको दिन ठुलाठुला थालीहरूमा रक्तरञ्जित रातो रङ्गले रङ्गिएका अछेता र सुनकेवरा फूल र जमराले सजिएको थाली अगाडि राखेर दीयो कलश राखेर आफ्ना मान्यजन हजुरबा,हजुरआमा, बुबा,आमालगायतले सम्पूर्ण परिवारहरूलाई वर्षभरिको पिरव्याथालाई भुलेर रमाइलो गर्दै टीका जमरा फूल लगाई मान्यजनहरूले खुसीले दिएको दक्षिणा र अमूल्य आर्शीवाद थाप्दै दहीचिउरा कोला मासुभात खाएर रमाइलो गर्नका लागि गाँउको टोल टोलमा बनाइएका रोटेपिङ्ग, लिङ्गेपीङहरु खेल्नका लागि गइन्थ्यो । आहा ! कति रमाइलो शरद ऋतुको सुन्दर बेला ।

यसैगरी भोलिपल्ट गिद्धे एकादशीका दिनदेखि टाढाटाढा रहेका आफ्ना मान्यजनहरू माइती, मामली, ससुरालीमा गई टीका तथा आर्शीवाद थाप्ने चलनथियो । यसै गरी रमाइलो गर्दा गर्दै कोजाग्रत पूणर््िामाआएको पत्तै हुदैनथ्यो । । दुर्गामाताले एक वर्षका लागि बाई बाई गर्दै बिदा लिनुहुन्थ्यो । यसरी नै रमाइलो चाड दशैं पर्वको समापन गरिन्थ्यो । हे दुर्गामाता नभन्दै १५ दिनपछि सयपत्री, मखमली, गोदावारीलगायत विभिन्न प्रजातिका फूलहरूले बेहुलीझै सजिएर हरेक मानिसहरूलाई निमन्त्रणा गर्दै स्वागतको सुगन्ध छर्दै पर्खि बसेकी हुन्छिन् लक्ष्मीमाता । त्यसपछि शुरु हुन्छ दोस्रो ठुलो रमाइलो महानचाड तिहार ।

तिहारलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकको पहिलो दिन कागतिहारबाट घरघरमा दुनामा मिठो खानेकुरा र फूल राखी कागलाई सम्मान गर्दै कागको पूजा गरिन्थ्यो र भोलिपल्ट कुकुर तिहार । घर पालुवा जनावर घरको सुरक्षा गर्ने प्रिवारमध्येको पशु भए पनि घरको सदस्य सरहको कुकुरलाई नियमअनुसार टीका र सयपत्री फूलको माला लगाई मिठो परिकार खान दिई कुकुरको पूजा गरिन्थ्यो । भोलिपल्ट गाईतिहार । हिन्दुहरूले मान्ने गौमाता गाईलाई सिँगारेर सयपत्री फूलको माला लगाई मिठामिठा परिकार खान दिएर गाईको पूजा गरिन्थ्यो । बेलुकी साँझ शरद ऋतुको सुन्दर बेला घरघरमा लाग्छन् बत्तिका मेला भने झै साँच्चीकै रमाइलो साँझ हुन्थ्यो घरघरमा दीपावली गर्दा । त्यस साँझ धनधान्यकी देवीले परिचित लक्ष्मीमाताको पूजा गरिन्थ्यो । दशैंमा नै सनक्क लिपपोत गरेर रङ्गीचङ्गी बनाएर राखेका घरहरू फूलमाला र बत्तीहरूले झकिझकाउ हुन्थे । विभिन्न सप्तरङ्गी टीका र सयपत्री, मखमली आदि विभिन्न प्रजातिका फूलका मालाहरूले सजाएर झिलिमिलि बत्ति बालेर गाँउँ नै उज्यालो हुन्थ्यो ।

आहा कति रमाइलो तिहार लक्ष्मीपूजा गरिसकेपछि गाउँ गाँउमा चेलीबेटी कोइलीको झै मधुर कण्ठ स्वरमा स्वर मिलाउँदै घरघरमा भैलो खेली रमाइलो गरी गाँउको शोभा नै बडाउँथे । भोलिपल्ट तिहारको चौथो दिन हलीतिहार हुन्थ्यो । हलीतिहारका दिन बर्खाभरि रुभm्दै भिज्दै जोतेर थाकेका गोरुहरूलाई सयपत्री,मखमली, गोदावरी फूलकामाला पहिराई टीका लगाएर पूजा गरी मिठामिठा खानाहरूको परिकार दिई गोरु तिहार मनाउँदै गाईगोरुहरूको सम्मान गरिन्थ्यो । बेलुकी साँझ टोलका युवाहरू घरघरमा देउसीरे खेल्दै रमाइलो गरिन्थ्यो । पाँचौ दिन भाइटीका अथवा सबै भन्दाअन्तिम र रमाइलो गर्ने दिन थियो । बिहानैदेखि दिदीबहिनीहरूले नुहाइधुवाइ गरी सफा सुग्घर रही दाजुभाइहरूलाई दीर्धायुको कामना गर्दै आर्शीवाद दिंदै टीका लगाई सयपत्री, मखमली र गोदावरी फुलहरूले गाँसिएका मालाहरू पहिराई मिठामिठा परिकारहरू सेलरोटी अनारसलगायत सिजनअनुसारका फलफूल सहित मिठामिठा मसलाका साथमा उपहार दिने चलन थियो । दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणासहित केही उपहार दिई पाउमा ढोगिदिने चलन थियो ।

त्यहाँसम्म रमाइलो गर्दै भोलिपल्टबाट एक वर्षका लागि सबैभन्दा महान् दुवै चाडपर्वहरूलाई विदाइ गरिन्थ्यो । त्यसको ठिक छ दिन पछि तराई क्षेत्रमा बसोबास गर्ने तराईबासीहरूले मान्ने पर्व छठ पूजा आउँथ्यो । यसलाई पनि व्रतालुहरूले निराहार व्रत बसी अस्ताउँदो सूर्यलाई अर्घ चढाई भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई नदी किनारामा तलाउमा पानीमा डुबेर अर्घ चडाई भजनकीर्तन र नाचगान गर्दै छठपर्व समापन गरिन्थ्यो । यसपछि माघे संक्रान्ति जो एक वर्षको अन्तिम विदाई गर्ने पर्वको रूपले चिनिन्छ । त्यस दिन विशेष गरी वनतरुल, घरतरुल र सेलरोटी लगायतका मिठामिठा परिकार खाँदै साउने सक्रान्तीबाट शुरु भएको चाडपर्व माघे संक्रान्ति मनाउँदै एक वर्षको लागि सम्पूर्ण चाडपर्वहरूलाई विदाइ गरिन्थ्यो । यसपछिको फागुनमा आउने रङ्गहरूको पर्व होलीमात्र बँकी रहन्थ्यो ।

आजभोलि केही वर्ष अघिदेखि चाडपर्व मनाउने नाममा विकृति बढ्दै गएका छन् । चाड मनाइदै गर्दा यसका तरिकामा पनि तडकभडकले गर्दा विकृति थपिँदै गएका छन् । यस अर्थमा विकृत बनाइदै छ कि तिज देखि कै कुरा गरौं न । तिज आउन एक महिना बाँकी रहँदै एक महिना अघिदेखि नै विभिन्न ढङ्ग एवम् तडकभडकपूर्ण तरिकाले तिज मनाउने चलन आयो । यसमा के देखिन्छ भने केही उच्छृङ्खलता पनि हुन सक्ने भयो । समय र खर्चको पनि दुरुपयोग हुने भयो । त्यसलाई हाम्रो देशमा आधा आकाश ढाक्ने आदरणीय दिदीबहिनीलाई हाम्रा पुर्खाहरूले मनाए झै यो पर्व मनाउन अनुरोध गर्न चाहन्छु । केही उच्छृ्ङखलता पनि त्यागेर खर्चको दुरुपयोग नगरी आफ्नो संस्कृितलाई जगेर्ना गरी पर्व मनाउनको लागि विनम्र अनुरोध गर्दछु ।

हाम्रा देशका होनाहार नौजवान युवायुवतीहरूमा पनि चाडपर्व मनाउने क्रममा सभ्य र इमानदारीका साथ मनाउन आग्रह गर्दछु । केही वर्षयता चाडपर्वको नाममा अत्यधिक मादक पदार्थको सेवन गरी झै–झगडा गर्दै गरेको तथा जुवातासमा बढी झुम्मिने गरेको समेत पाइन्छ । तिहारमा झिलिमिलि बत्ती बालौँ र आफ्नो संस्कृतिअनुसार नै चाडपर्व मनाऔंं । चाडपर्व मान्ने क्रममा जुवातास डाइसजस्ता निषेधित खेल अन्त्य गराँै । पटकाहरू पड्काउँदै एक अर्कालाई असर पर्ने गरी ध्वनि प्रदूषण गर्दै चाडपर्वलाई विकृत नबनाऔं । सभ्य रूपमा चाडपर्व मनाउने गरौंं र सभ्य समाजको सौन्दर्य कायम गरी देश निर्माणका लागि अघि बढाैँ । धन्यवाद