उदयपुर / तास खेलिरहेको अवस्थामा उदयपुरमा तास र नगदसहित पाँच जना पक्राउ परेका छन् । चौदण्डीगढी नगपालिका–६ बगरकोटका देवनारायण साहको घरमा तास खेलिरहेको अवस्थमा पक्राउ परेका हुन् ।
साहका घरको कोठामा तास खेल्दै गरेको विशेष सुराकीको आधारमा सुचना प्राप्त भए पछि इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी टोलीले ३ बुङ तास र १५ हजार एक सय नगदसहित पाँचजना मानिस पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चौनपा–६ निबासी ४४ वर्षीय रामकुमार श्रेष्ठ, ४० वर्षीय पर्शुराम तामाङ, ३८ वर्षीय देवकुमार बराईली, ३५ वर्षीय देवनारायण साह र चौनपा–७ निबासी ४५ वर्षीय गोपाल कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।