भोजपुर/ जिल्लाको पौवादुम्मा गाउँपालिका वडानम्बर १ हिले भञ्ज्याङकी निर्मला राई श्रीमान्को हत्या आरोपमा पक्राउ परेकी छन् । ३९ वर्षीया राईलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

४९ वर्षीय श्रीमान् धनकुमार राई शङ्कास्पद अवस्थामा मृत फेला परे पछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताए ।

घटनाको प्रकृति हेर्दा राईको हत्या भएको हुनसक्ने भएकाले श्रीमतीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको डिएसपी मगरले जानकारी दिए ।

मृतक राईको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।