कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ‘केही आधा’ सार्वजनिक गरेपछि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरमा एक्सनसँगै कथासारलाई पनि खुलाइएको छ । अभिनेत्री सुमी मोक्तानले एक्सनमा प्रशस्तै मेहनत गरेको ट्रेलरमा देखिन्छ । साथै दुई लिड कलाकार सन्नी सिंह र भिलेनको रूपमा देखिएका लियो ट्याङ्कले पनि राम्रो अभिनय गरेका छन् ।

ट्रेलरमा पुराना कलाकारहरू युवराज लामा, विजय लामा, धीरेन शाक्यको उपस्थिति पनि बलियो देखिएको छ । म्युजिक भिडियोबाट सफल छायाँकारका रूपमा चिनिएका हरि हुमागाईंले यसै फिल्ममार्फत् निर्देशनमा समेत डेब्यु गर्दैछन् ।

गीतलाइ उनले फिल्मकै कथाअनुसार तयार गरेका छन् । फिल्ममा आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम साह, लियो ट्याङ्क, मनिषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामाङलगायतको अभिनय रहेको छ ।