विराटनगर/ इलाका प्रहरी कार्यालय रानी विराटनगरले दुई लाख भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले मङ्गलबार विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नं. ढाटबाट नेपालतर्फ पैदल आउँदै गरेको भारत माधुगढ जालौन उमरी उत्तर प्रदेशका २४ वर्षीय आसुतोष सोनीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाबाट भारतीय रुपैयाँ बरामद गरेको थियो । बरामद गरेको पैसा आवश्यक कारबाहीको लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय पठाएको मोरङ प्रहरीले जनाएको छ ।

भारतीय ५ सय र २ हजार रुपैयाँको नोट नेपालमा प्रतिबन्ध छ । प्रहरीले सोनीको साथबाट भारू पाँचसय रुपैयाँका नोटहरू बरामद गरेको छ ।