श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आश्विन २९ गते बुधबार, १६ अक्टोबर २०१९ । कार्तिक कृष्णपक्षको तृतीया तिथि २९ः१९ बजेसम्म उप्रान्त चतुर्थी, नक्षत्र भरणि १४ः२१ बजेसम्म,उप्रान्त कृतिका चन्द्रमाराशि मेष, सूर्योदय ६ः५ र सूर्यास्त ५ः३३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । शुभ समाचार सुन्न पाइएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला । रमाइलो वातावरणमा दिन बित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । नयाँ कार्यको शुभारम्भ हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमाइलो वातावरणमा दिन बित्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रो छ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथिको सेवा सत्कार गर्ने अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट होला ।