धरान  / सुनसरीको इटहरीमा आफ्नै भाइले खुकुरी प्रहार गरी दिदीलाई गम्भीर घाइते बनाएका छन् । इटहरी– १९ का २६ वर्षीय उदिप राईले ३१ वर्षीया दिदी मीनु राईलाई मंगलबार खुकुरी प्रहार गरेर घाइते बनाएका ह्ुन । दिदीलाई घाइते बनाएर आफु पनि घाटी रेटी आत्महत्याको प्रयास गरेका थिए । घाइते अवस्थामा उनको पनि उद्धार गरि दुवैलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भाई उदय मानसिक रोगी रहेको बताइएको छ । उदिपले एक्कासी दिदीमाथि खुकुरी प्रहार गरेको बताइएको छ । दिदीलाई खुकुरी हानेपछि घरको बरण्डामा चढेर आफु पनि घाँटी रेटेर आत्महत्याको प्रयास गरेका थिए ।