सिरहा धनुषा जिल्लाको धनुषा धनुषाधाम नगरपालिका वडा नं.६ हरिपुरमा बिशेष सुराकी को अधरमा लगाईएको अवैध गाँजा खेती फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट इन्स्पेक्टर रामकुमार यादवको कमाण्डमा खटिगएको प्रहरी टोलीले धनुषाधाम नगरपालिका वडा नं.६ हरिपुरमा लगाइएको अबैध गाजा खेती नष्ट गरेको हो ।

अबैध रुपमा लुकाईछिपाई बडामा लगाईएको ९ सय अबैध गाँजाका बोट फडानी गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर रामकुमार यादवले बताए । इन्स्पेक्टर यादवले भने गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने समेत उनले वताएका छन् ।