धरान / धरानको छाताचौकमा मोबाइलको विषयको विवादमा साथीलाई छुरा प्रहार गरी फरार रहेका विकास भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार मोबाइलको विषयमा साथी साथीबिच भएको सामान्य विवादका कारण छुरा प्रहार हुदा धरान –२ छाताचौक बस्ने वर्ष ३० का सविन भुजेल गम्भिर घाइते भएका थिए ।

घटना पछि फरार रहेका विकासलाई आज विहान धरान–११ सर्दुखोलास्थित किनारमा रहेको बानडाँडामा रहेको जंगलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घाइते सविनको धरानस्थित वीपी कोइरालास्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ ।