उर्लाबारी /  दुई महिना अघिदेखि जारी उर्लाबारी नगरपालीकाको गतिरोध अन्त्यको लागि नेपाल सरकारका महाधिन्यायवक्ता अग्नीप्रसाद खरेलले नगर प्रमुख खड्ग फागो र उप–प्रमुख लक्ष्मीदेवी भण्डारीलाई मिलेर नगरको विकासमा लाग्न सुझाएका छन् ।
सोमबार छोरा निश्चल खरेलको विवहामा उर्लाबारी आएका महाधिन्यायवक्ता खरेलसहित नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भूसालले उर्लाबारी नगरपालीकाका नगर प्रमुख फागो र उपप्रमुख भण्डारी विच अनौपचारीक छलफल गरी जारी गतिरोध अन्त्य गर्न सुझाएका हुन ।

संघीय संसद घनश्याम खतिवडाको पहलमा नगर प्रमुख फागो र उपप्रमुख भण्डारी विच छलफल गर्ने वातावरण निर्माण भएको थियो । छलफलमा दुवै पक्षले विवादका बिषयहरु प्रस्तुत गरेपछि महाधिन्यायवक्ता खरेल र सचेतक भुसालले नागरिकलाई दुख हुने किसिमका कार्य नगर्न र नेपालको संविधान तथा स्थानिय सरकार संचालन ऐन भन्दा कोही पनि माथी नहुने बताउदै नियम कानुन सगैँ आपसी समझदारी गरी सहमतीमा विवाद अन्त्य गर्न सुझाव गरेका थिए ।
दुवै पक्षले नागरिकलाई केन्द्रमा राखेर आपसी दम्भ छाडेर सहमती गर्ने माखिक सहमती बने पछि रोहवरमा फागो र भण्डारीले हात मिलाए र सामुहिक फोटोसमेत खिचेको बताइएको छ ।
उप–प्रमुख भण्डारीसहितका नगर कार्यपालीकाका १३ जना सदस्यले गत साउन २० गते उच्च अदालत बिराटनगरमा नगरपालीका, नगर प्रमुख, निमित्व प्रमुख प्रशासकिय अधिकृत सहित बैठकको निर्णयमा हस्ताक्षर गर्ने ५ जना वडा अध्यक्ष विरुद्ध रिट निवेदन गरेको एक साता पछि अदालतले नगरपालीकाका नाममा स्टे अर्डर जारी गरेको थियो ।