धरान / ठूलो मात्रामा लागु औषध र हतियारसहित धरानबाट पक्राउ परेका एक युवालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । पूर्वको बजारमा लाग् औषध विक्रि गदैं आएका निरजकुमार राउतलाई विशेष सुराकीको आधारमा आइतबार साँझ धरान– १० स्थित विशाल पथबाट उनलाई हतियार र ठूलो मात्रामा लागुऔषधसहित नियन्त्रणमा लिइएको थियो ।

स्थानीय बलबहादुर तामाङको घरको कोठा भाडामा लिएर लागू औषधको कारोबार गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा निजको बारेमा एक साता पछि हिजो पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

राउत यस अघि दुई पटक लाग औषध मुद्वामा पक्राउ परेका थिए । २०७२ माघ २२ गते लागु औषधसहित पक्राउ परि जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका थिए । यस्तै २०७४ असोज ७ गते लागु औषधसहित पक्राउ परि १८ महिना कैद सजाय भोगी छुटेको प्रहरीले जनाएको छ ।

कोठामा रहेको बक्स पलंगको भित्र पट्टी रहेको बक्स कोठाहरुमा कालो प्लाष्टिक ९पोलिथिन० झोलामा बेरी लुकाई राखेको म्याग्जिन लाग्ने पेस्तोल, म्याग्जिन १ थान, सोही पेस्तालमा लाग्ने १३ थान गोली प्रहरीले बरामद गरेको छ । कोठाबाट लागु औषध डाइलेक्स डिसी २२५ बोतल, नाइट्रोसन ६ सय ४० ट्यावलेट, सात ग्राम खैरो हिरोइन, स्पास्मो प्रोक्सिभन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल बरामद गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

उनको साथबाट विआर ५० के ४०५९ लेखिएको मोटरसाइकलको नं. प्लेट, ११ हजार ३३० नगदसमेत बरामद गरिएको छ ।

उनलाई आजै म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीसँग कारोवार गर्ने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
राउत यस अघि दुई पटक लाग औषध मुद्वामा पक्राउ परेका थिए । २०७२ माघ २२ गते लागु औषधसहित पक्राउ परि जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका थिए । यस्तै २०७४ असोज ७ गते लागु औषधसहित पक्राउ परि १८ महिना कैद सजाय भोगी छुटेको प्रहरीले जनाएको छ ।

बरामद सामानकाे विवरण

१. फलामलाई बेरी काठको बींड लगाएको, नम्बर र बनेको देशको कोरीमेटी गरेको अवस्थाको म्याग्जिन लाग्ने पेस्तोल १ थान ।

२.  ऐ.को म्याग्जिन १ थान ।

३.  ऐ.मा लग्ने 7.65 लेखिएको गोली १३ राउण्ड ।

४. DIALEX-DC 100 ml को २२५ बोतल ।

५. Nitrosun 10 लेखिएको ६४ फायल (प्रति १ फायल १० गोटी) जम्मा ६४० ट्याब्लेट (गोटी) ।

६. प्लाष्टीक भित्र रहेको खैरो होरोइन जस्तो देखिने तौल गर्दा  ७ ग्राम भएको ।

७. SPASMO-PROXYVON PLUS- ५३९ फायल (प्रति फायल २४ क्याप्सुल) जम्मा १२,९४४ क्याप्सुल (गोटी)

८. तौल गर्ने सानो डिजिटल मेसिन १ थान  ।

९.  नगद रु. ११,३३०।- (एघार हजार तिनसय तिस)

१०. निरज कुमार राउतको नामको नागरीकता १ थान ।

११. मिति २०७६/६/२४ गतेको धरान काठमाण्डौ लेखिएको टिकट थान १ ।

१२. डायरी १ थान ।

१३. भारतिय BR 50 K 4059 लेखिएको मोटरसाइकलको नंम्बर प्लेट १ थान ।

१४. हुवाई कम्पनीको ट्याब १ थान ।

१५. सामसुङ मोबायल १ थान ।