भण्टावारी/ केहीवर्ष अघिसम्म इनरुवामा खासै खेलकुद प्रतियोगिता हुँदैनथे । वर्षमा एकाध फुटबल तथा अन्य खेलकुदमै सीमित हुने गरेको थियो ।

प्रतियोगिताा नहँुदा खेलाडीहरू निराश हुने गरेका थिए । महिनौंसम्म अभ्यास गरिए पनि आफूभित्र भएको प्रतिभा देखाउन पाउँदैनथे । पुरानो नगरपालिका मात्रै नभई जिल्लाको सदरमुकाम भए पनि इनरुवा नगर क्षेत्रमा खेलकुदको गतिविधि दुई वर्षअघिसम्म शून्यप्रायः थियो । तर, हिजोआज अवस्था फरक छ । खेलकुदका गतिविधि मौलाएका छन् ।

स्थानीय तह निर्वाचनदेखि इनरुवा नगरपालिकाको प्रत्यक्ष योजना, सहयोग र सहकार्यमा विभिन्न खेलका प्रतियोगिता हुने क्रम बढेको छ । फुटबलको प्रदेशस्तरीय प्रतियोगिता, क्रिकेटको प्रदेशस्तरीय प्रतियोगिता र सम्भवतः नेपाली क्रिकेट इतिहासमै पहिलोपटक रात्रिकालीन क्रिकेट प्रतियोगिता, गिरिजाप्रसाद स्मृति गोल्डकप, प्रदेशस्तरीय भलिबलजस्ता खेलकुद प्रतियोगिता भइरहेका छन् । इनरुवा नगरक्षेत्रमा निष्क्रिय बनेको बुद्धिचाल पनि अहिले प्रतियोगिताको रूपमा भइरहेको छ । प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड, फुटबल, क्रिकेट, तेक्वान्दो, भलिबलसहितका नगर र वडास्तरीय प्रतियोगिताहरू उल्लेख्य मात्रामा सञ्चालन हँुदै आएका छन् ।

'यस्ता प्रतियोगितामा इनरुवा नगरपालिकाले हालसम्म २ करोड रुपैयाँ खर्च गरेको जनाएको छ । खेलकुद प्रतियोगिता मात्रै नभई इनरुवा नगरक्षेत्रमा खेलकुद पूर्वाधारमा समेत पहिलेको तुलनामा विकास र विस्तार हुँदै गएको छ ।'

यस्ता प्रतियोगितामा इनरुवा नगरपालिकाले हालसम्म २ करोड रुपैयाँ खर्च गरेको जनाएको छ । खेलकुद प्रतियोगिता मात्रै नभई इनरुवा नगरक्षेत्रमा खेलकुद पूर्वाधारमा समेत पहिलेको तुलनामा विकास र विस्तार हुँदै गएको छ । इनरुवा–१ स्थित जेलफिल्डमा कभर्डहल निर्माणको कार्य सकिएको छ भने साविक मधेशामा अर्को बहुउद्देश्यीय कभर्डहल निर्माणको क्रममा रहेको इनरुवा नगरपालिकाका सूचना अधिकारी निरज पोखरेलले बताए ।

सूचना अधिकारी पोखरेलका अनुसार साविक डुम्राहा गाविस हालको इनरुवा नगरपालिका–८ मा खेलकुद परिषद्को सहयोगमा खेलकुद ग्राम बन्दै छ । ६ महिनाअगाडि शिलान्यास गरिएको उक्त खेलकुद ग्राम बनेपछि विभिन्न खेलका खेलाडीहरूले एकैपटक अभ्यास गर्न पाउनेछन् । इनरुवामा निर्माण गरिएका नगर खेलकुद सञ्चालन तथा व्यवस्थापन समितिको भवनको तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र इनरुवा नगरपालिकाका मेयर राजन मेहताले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

विभिन्न खेलकुदका प्रतियोगिताहरू सञ्चालन हुनु सकारात्मक भए पनि यसलाई बृहत् योजना बनाएर विभिन्न सम्भावनायुक्त खेलहरूको प्रशिक्षक नियुक्त गरी नियमित प्रशिक्षण आवश्यक रहेको जानकार बताउँछन् । खेलकुदलाई प्रोत्साहन र व्यवसायीकरण गर्र्दै खेलाडी उत्पादन गर्न नियमित प्रतियोगिता हुनु आवश्यक भएको क्यान जिल्लाका अध्यक्ष सिपी पौडेलले बताए । नियमित प्रतियोगिताले खेलाडीभित्र भएका प्रतिभा बाहिर आउने उनको बुझाइ छ । बाटोघाटो, अस्पताल, यातायातको विकास मात्रै भएर समग्र विकास सम्भव नभएको इनरुवाका मेयर राजन मेहताको भनाइ छ । खेलकुद स्वास्थ्य र राष्ट्रकै गहना भएकोले खेलकुद विकासमा लागिपरेको मेहता बताउँछन् ।

स्थानीयस्तरबाट प्रदेश हुँदै राष्ट्र तथा अन्तर्राष्ट्रियस्तरमा इनरुवालाई चिनाउन खेलकुद निकै महŒवपूर्ण रहेको मेयर मेहताको कथन छ । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले दुई वर्षयता खेलकुदमा करोडौं लगानी गरे पनि सोचेअनुसार प्रतिफल आउन सकेको छैन । दुईवर्षको अन्तरालमा विभिन्न फम्र्याटका इनरुवामा लगभग दुई दर्जन क्रिकेट प्रतियोगिता भए पनि एउटा खेलाडी पनि राष्ट्रियस्तरसम्म पुग्न सकेको छैन । उमेरसमूहमा इनरुवाबाट केही क्रिकेटर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुबाहेक अरु खासै उपलब्धि हुन सकेको छैन ।

केही समयअगाडि सम्पन्न दोस्रोपटक रात्रीकालीन मेयर कप टि–२० क्रिकेट प्रतियोगिता इनरुवाको प्रतिनिधित्व गरेको फूलबारी क्रिकेट क्लबले पनि अपेक्षित प्रदर्शन गर्न सकेन । स्तरीय खेलाडी अभावमा केही स्थानीय र विराटनगरका खेलाडीलाई फूलबारीको टिमबाट मैदानमा उतारे पनि दुहबीविरुद्ध मात्र जित निकाल्यो । यसरी दुईवर्षदेखि नियमित प्रतियोगिता भइरहँदासमेत स्तरीय खेलाडी उत्पादन हुन नसक्नु, अझैसम्म बाहिरी खेलाडी सम्मिलित गराएर प्लेइङ एलेवेन बनाउनुजस्ता विभिन्न प्रमाणहरूले खेलकुदमा बजेट सकाउन मात्र लगानी गरेको त होइन भन्ने प्रश्न उब्जिएको छ ।

यता इनरुवा नगरपालिका मेयर मेहता रातारात परिवर्तन नहुने हुँदा अहिले गरेको लगानीको भविष्यमा राम्रो प्रतिफल आउनेमा आशावादी बन्न आग्रह गर्छन् । ‘कुनै पनि देशले एकैपटकमा वल्डकप नै जित्छ भन्ने हुँदैन’ मेहता भन्छन्, ‘क्रिकेटको जन्मदाता देश इङ्याण्डलाई त वल्डकप ट्रफी जित्न ५ दशक लाग्यो भने हामीले भर्खरै शुरुवात गरेका छौं ।’